coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार सबै विषयमा असफलः खड्का

काठमाडौं–अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले सरकार हरेक मोर्चामा असफल भएको भन्दै संसदमा पेश भएको अविश्वास प्रस्तावलाई समर्थन गरेका छन्।

  अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै खड्काल भूकम्पपछिको पुर्ननिर्माण, नामबन्दी, जनजिविका तथा मार्यादित परराष्ट्र नीति कायम गर्न सरकार पूर्ण असफल भएको आरोप लगाए।

उनले सत्तामा रहनु र सत्ताबाट बाहिर जानु सामान्य प्रक्रिया  हो भन्दै संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि प्रधानमन्त्री र सत्तारुढ दलका नेताको सत्तालाई जीवन मरणको रुपमा व्याख्या गरेको आरोप लगाए। उनले संधिवानको धारा २९८ लाई केही कानुनविद्ले गलत व्याख्या गरेको भन्दै सोही धारा अनुसार नयाँ सरकार गठन गर्न सकिने बताए। 

उनले संविधान आफैंले मात्र बनाएको भ्रम नपार्न चेतावनीसमेत दिए। उनले व्यवस्थापिका संसद कार्यसंचालन नियमावलीमा सरकार गठनबारे स्पष्ट व्याख्या गरिएको भन्दै कानुनको गलत व्याख्या नगर्न आग्रह गरे।

 

प्रकाशित: ९ श्रावण २०७३ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App