सुधारको बाटोमा वीर अस्पताल

शुक्रबार, १३ साउन २०७४, ०८ : २५ दीपक दाहाल  | @DeepakDahal1

काठमाडौं- जर्जर र अस्तव्यस्तको पर्याय बनेको मुलुककै जेठो वीर अस्पताल सुविधा सम्पन्न हुने बाटोमा अग्रसर बनेको छ। ६ सय ५० शऒ्ढयाको सर्जिकल ब्लकसहित नयाँ भौतिक पूर्वाधार निर्माण प्रक्रियामा रहेको वीरमा अत्याधुनिक उपकरण र नयाँ सेवासमेत थपिएको छ। अस्पतालको इतिहासमै गत आर्थिक वर्षमा सबैभन्दा बढी उपकरण र सेवा थपिएको छ। हाल वीरमा चार सय ६० शऒ्ढया छन्।

अस्पताल १ सय २७ वर्ष पूरा गरेको सन्दर्भमा बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वीरलाई देशकै नमुना अस्पताल बनाउन सरकार हर सहयोग गर्न तत्पर रहेको बताए।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतका अनुसार अस्पतातको भौतिक सुधार, क्षमता तथा सेवा विस्तार र प्रवाह, प्रशासनिक सुधारका काम एकैपटक सुरु भएको बताए।

पूर्वस्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा अस्पतालमा उपकरण खरिद एवं थप सुधारका लागि करिब १ अर्ब ८०  करोड अतिरिक्त बजेट उपलब्ध गराइएसँगै सेवा र पूर्वाधार थप्ने काम सुरु भएको थियो। नियमित रुपमा सरकारले अस्पताललाई ८१ करोड रुपैयाँ दिएको थियो।

वाहिरबाट किनेर अक्सिजनको जोहो गरिरहेको अस्पतालले यो वर्ष अस्पताल हातामै अक्सिजन प्लान्ट निर्माण गरेको छ। अस्पतालका अनुसार यो वर्ष ६ वटा हेमोडाइलायसिस मेसिन जडान गरी २४ घन्टे हेमोलाइलायसिस सेवा सञ्चालनमा ल्याइसकिएको छ भने थप ९ मेसिन आउने क्रममा छन्।  अस्पतालले बीचमा केही वर्ष रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पनि  पुनः सुरु गरेको छ।

डा. बस्नेतका अनुसार १० बेडको हाइडिन्डेन्सी वार्ड (एचयुडी) निर्माण भइरहेको छ। यो वर्ष नै पुरानो आइसियुमा तीन शऒ्ढया थपी ९ पुर्‍याइएको छ। चैतदेखि सातामा दुई दिन मानसिक रोगको ओपिडीसमेत सुरु भएको छ। 'सेवालाई चुस्त बनाउन अल्ट्रासाउन्ड सोही दिन गराउने, सिटी स्क्यान र एमआरआई रिपोर्ट पनि छिट्टै दिने व्यवस्था गरिएको छ,' बस्नेतले भने।

अस्पतालबाट डिस्चार्जका लागि कार्यालय समय नै कुर्नपर्ने पुरानो व्यवस्थामा सुधार गरी २४ घन्टे क्यास काउन्टर सुरु भएको छ। लिभर जाँचका लागि अत्यावश्यकीय फाइब्रोस्क्यान मेसिनसमेत यसै वर्ष आउँदैछ। क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक मेसिन रेडियोथेरापी, न्युरो सर्जरीका विभिन्न मेििन, युरो सर्जरीमा प्रयोग हुने अत्याधुनिक उपकरण, हाल्मोनियमलेजन, नाक, कान, घाँटी कार्डियोलोजी, ग्याष्ट्रोलोजीलगायत अधिकांश वार्डमा आवश्यक उपकरण जडान गरिएको बस्नेतले बताए। 'काठमाडौंका सुविधा सम्पन्न भनिएका अन्य अस्पतालमा भएका उपकरण अब वीरमा छैन् भन्ने अवस्था कमै छ,' बस्नेतले भने। यो वर्ष श्वासप्रश्वासका बिरामीका लागि छुट्टै युनिट र विपन्न बिरामीका लागि सरकाबाट सञ्चालित बिमालाई समेत व्यवस्थित गरिएको छ।

अस्पतालको वार्षिक प्रगति प्रतिवेदनअनुसार पुरानो स्टाफ क्वाटर रहेको १७ रोपनी जग्गामा अत्याधुनिक ७ तले सर्जिकल ब्लक निर्माण प्रक्रिया सुरु भएको छ। त्यसैगरी मूल भवनको पश्चिमतर्फ जापान सरकारको सहयोगमा अर्को सय शऒ्ढयाको भवन निर्माण आगामी महिना सुरु हुँदैछ।

पुरानो ओपिडी भवनको मेन लबी पुनः निर्माण गरी आधुनिक बनाइँदैछ। अस्पतालमा वर्षौ पुराना तीनवटा लिफ्ट हटाएर नयाँ जडान गरिएको छ। अस्पतालका शौचालय पुनर्निर्माण गरेर आन्तरिक विभागमा अपांगमैत्री र्‍याम जडान गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ।

गत आवमा इमरजेन्सीसहित झन्डै ३ लाख ८५ हजार बिरामीले सेवा लिएकोमा १२ हजार १ सयभन्दा बढीलाई भर्ना गरिएको अस्पतालले जनाएको छ। जसमध्ये झन्डै ६ हजार बिरामीको शल्यक्रिया गरिएको थियो।

सेवा प्रवाहलाई सहज बनाउन ओपिडी टिकट काउन्टर र क्यास काउन्टरमा टोकन सिस्टम लागू गरिएका,े अस्पताल फार्मेसी सञ्चालन गरिएको, इमरजेन्सी कक्षमा पुनर्निर्माणसहित सेवा व्यवस्थित गरिएको छ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. गणेश गुरुङले अस्पतालमा सेवा र पूर्वाधार अनुसार जनशक्ति थपका लागि पहल भइरहेको बताए। उनले भक्तपुरको दुवाकोटमा रहेको ५२० रोपनी जग्गामा अन्तर्राष्ट्रिय स्तरको अस्पताल, न्याम्सको प्रशासनिक भवनसहित वीरमा नभएका सेवा सञ्चालन गर्ने योजना सुनाए।

अब उपचार गराउन विदेश जानु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वीरलाई अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न अस्पताल बनाएर उपचारका लागि विदेश जानुपर्ने अवस्था निर्माण गर्नुपर्ने बताएका छन्।

अस्पतालको १२८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले संविधानले नै प्रत्येक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा प्रत्याभूत गरेको अवस्थामा देशभित्रकै स्वास्थ्य सेवा सुदृढ हुनुपर्ने बताए। त्यसको कार्यान्वयन वीरबाट सुरु हुनुपर्ने भनाइ प्रधानमन्त्रीको थियो। 'अहिले पनि थुपै बिरामी भारत, सिंगापुर, थाइल्यान्डदेखि अमेरिका–युरोपसम्म उपचारका लागि जानुपरेको छ,' देउवाले भने, 'नेपालमै उच्चस्तरको सेवा भए विदेश जानु पर्दैन। त्यो सेवा अब वीर अस्पतालले दिन सक्छ।'

उनले वीर अस्पतालमा स्वास्थ्य उपकरण थप्नुका साथै क्षेत्रीय र अञ्चल तहका अस्पतालमा सेवासहित चिकित्सा शिक्षा पठनपाठन थाल्नेगरी कार्यक्षेत्र बढाउनुपर्ने बताए।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारको स्वास्थ्य नीति कस्तो छ भन्ने आधार वीर अस्पताल भएको बताए। 'वीर अस्पताल बदलियो भने नीति बदलिन्छ, नीति बदलियो भने वीर बदलिनुपर्छ,' उनले भने। उनले वीरमा जतिसुकै उपकरण थपिए पनि बिरामीले सेवा नपाएसम्म त्यसको अर्थ नहुने बताए। 'मेसिनलाई आराम चाहिन्न, मेसिन छ तर चल्दैन् भने के काम?' उनले भने।'

पोखरेलले भने, 'वीर अहिले पूर्वमन्त्रीको पहलमा राम्रो ठाउँमा आइपुगेको छ, सुधार गर्ने सम्भावना हुन्छ।'

पूर्वस्वास्थ्यमन्त्री गगन थापाले जतिसुकै ठूला निजी अस्पताल खुले पनि सरकारी अस्पतालमा बिरामीले सेवा पाउन सक्नेे ज्ञारेन्टी नभएसम्म स्वास्थ्य सेवामा सुधार हुन नसक्ने बताए। 'म केही बिरामी भेट्न दुई निजी अस्पताल पुगेको थिएँ, त्यहाँ भर्ना भएका बिरामीले वीरमा र त्रिवि, शिक्षण अस्पतालमा बेड मिलाइदिन आग्रह गरे,' थापाले भने।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीलगायतले वीर अस्पताल सुधार गर्नसके संविधानमा भएको स्वास्थयसम्बन्धी मौलिक हक सही अर्थमा व्यवहारमा आउने बताए।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad