७ वैशाख २०८१ शुक्रबार
समाज

साझाको अनियमितता छानबिन समिति

काठमाडौं- शिक्षा मन्त्रालयले साझा प्रकाशनमा भएको अनियमितता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयमा बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले समिति गठन गरेको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए। मन्त्रालयका अनुगमन तथा मूल्यांकन उपसचिव गणेश ढकालको संयोजकत्वमा गठन भएको समितिमा कानुनउपसचिव रमेश सिग्देल र लेखाअधिकृत भोला पौडेल सदस्य छन् ।

साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले मनपरी गरेको  विषयमा  नागरिक तथा रिपब्लिकामा समाचार प्रकाशित भएपछि छानबिन समिति बनाइएको हो। समाचारमा शर्माले पदको दुरुपयोग गर्दै किर्ते गरेको, मनपरी निर्णय गरेको तथा संस्थालाई धरासायी बनाउन विनियमविपरीत राजनीतिक कार्यकर्ता भर्ना गरेको लगायत विषय तथ्यसहित प्रस्तुत गरिएको थियो। त्यस्तै शर्माले साझाको लोगोमा बाहिरी छापाखानाबाट पुस्तक छपाएर संस्थालाई करोडौं नोक्सानी पुर्‍याएको विषयमा पनि  समाचार उल्लेख गरिएको थियो। साझाको लोगोमा नीजि पुस्तकालयबाट पुस्तक प्रकाशित भएको विषयमा महाप्रबन्धक शर्माले संस्थाको आर्थिक अवस्था तथा अन्य विभिन्न कारणले निजी प्रकाशनबाट पुस्तक  प्रकाशित गरेको र अनधिकृत पुस्तक कानुनी दायरामा ल्याउने जनाएका छन्।

प्रकाशित: १३ श्रावण २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App