काठमाडौँ –सरकारले एकीकृत चिकित्स शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका सातबँदे माग राख्दै चार दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केससँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सचिव किरण रेग्मी र प्रधानमन्त्री कार्यालयका सचिव गोपि मैनाली सदस्य रहने गरी उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।
त्यस्तै सरकारले २५ जिल्लाका गरिबलार्इ परिचय पत्र विवरणा गर्ने निर्णय गरेकाे छ ।
प्रकाशित: १२ श्रावण २०७४ १४:२७ बिहीबार