८ वैशाख २०८१ शनिबार
समाज

विद्युत चोरी गर्ने १६ पक्राउ

सप्तरी –  हुकिङ गरेर विद्युत चोरी गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन्। 

नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उनीहरुलाई सप्तरीका विभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी वीरपुर–४ का शमिम मिया, बच्चु अन्सारी, मोहमद नजबुल, नेवी मिया, पसेरा–३ का इन्द्रनारायण चौधरी, ७ का सकलदेव ठाकुर, विन्देश्वर मण्डल, कल्याणपुर–७ का मोहमद पखेज, कृष्ण मण्डल, श्यामकुमार राम, गोरदाहा–९ का चन्देश्वर राम, लालापट्टि–१ का रामकुमार राम, सन्तोष राम, वुधेश्वर राम, कडोरवना–४ का वरकैत मिया र प्रवाहा ४ का नारायण यादव रहेका छन् । उनीहरुलाई विद्युत चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 

प्रकाशित: १२ श्रावण २०७४ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App