coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दशौँ पटक पनि सर्‍यो भरतपुरको मुद्दा

काठमाडौं – सर्वोच्च अदालतमा चलिरहेको भरतपुर महानगरपालिकाको चुनाव सम्बन्धी विवाद मुद्दा अझै लम्बिएको छ । 
 
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार पनि मुद्दा हेर्दाहेर्दैमा राखेपछि थप लम्बिएको हो । सर्वोच्चमा भरतपुरको मुद्दा दसौं पटक सरेको हो । आगामी आइतबारका लागि पेसी तोकिएको छ। 

यसअघि साउन २ देखि न्यायाधीश मिश्र र भण्डारीको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखेको मुद्दा आज पनि सकिएन । 

मत गन्दा गन्दै विवादमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुरको एउटा वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । मतगणनाको क्रममा च्यातिएका भनिएका ९० मत सर्वोच्चको इजलासमा पेस भैसकेका छन् । 

निर्वाचन आयोगको निर्णय विरुद्ध भरतपुर महानगर १९ का वडा सदस्यका उम्मेदवार गुन्जमान बिक, अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए । 

प्रकाशित: १२ श्रावण २०७४ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App