७ वैशाख २०८१ शुक्रबार
समाज

शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई

काठमाडौँ –  यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार ‘नागरिक दैनिक’ पत्रिकाकी रुवी रौनियार तथा ‘एडुखबर डट कम’का सम्पादक श्रीधर पौडेललाई प्रदान गरिने भएको छ। 

‘शिक्षालय’ नामक पत्रिका तथा ‘आजको आवाज मिडिया’ले संयुक्त रुपमा उनीहरुलाई प्रदान गर्ने पुरस्कारको राशि जनही रु पाँच हजार रहनेछ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डका अध्यक्ष श्याम तण्डुकारले शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले शिक्षा पत्रकार तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई समेटेर निर्णायक समिति गठन गरी त्यसको सिफारिशका आधारमा पुरस्कार दिन लागिएको जानकारी दिए। 

प्रकाशित: १२ श्रावण २०७४ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App