coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तनहुँका एक विद्यार्थी दुई दिनदेखि बेपत्ता

पोखरा – तनहुँमा एक विद्यार्थी दुई दिनदेखि बेपत्ता भएका छन् । 

विद्यालय जान निस्केका व्यास–११ तनहुँका १५ वर्षीय सुसन अधिकारी बुधबारदेखि बेपत्ता भएका हुन् । स्थानीय सत्यावती माविमा कक्षा १० मा अध्ययनरत उनी मंगलबार साँझसम्म घर नफर्किएपछि परिवारले खोजी शुरु गरेको छ । उनका साथी र आफन्त कसैकामा पनि उनी नभेटिएपछि खोजिदिन जिल्ला प्रहरी कार्यालय तनहुँमा सुसनका बुबा गणेशले आज निवेदन दिएका छन्। 

“हामीले सबैतिर फोन गरेर बुझिसक्यौँ । पहिले गइरहने ठाउँमा गएको छैन” उनकी दिदी सृष्टिले भनिन्– “घरमा पनि खासै नराम्रो भएको होइन । विद्यालय किन नगएको भनेर सोधेका थियौँ, भोलिपल्ट भाइ घरमै आएन ।” 

प्रकाशित: १२ श्रावण २०७४ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App