८ वैशाख २०८१ शनिबार
समाज

खुर्पा प्रहारबाट श्रीमानको मृत्यु

बनेपा- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-२ ठाडेमा श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो। 

'हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला पर्यो,” प्रहरी निरीक्षक घिमिरेले भने। विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ। लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ। रासस 

प्रकाशित: १२ श्रावण २०७४ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App