coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वार्थ र दबाबबिना निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं- नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ। 

सरकारले गत साता ४५ दिनको समय दिई सो आयोग गठन गरेको थियो । 

कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सरकारले निकै ढिलो गरेर आयोग गठन गरेकाले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने आशंका पैदा भएको पनि ठहर गरेको छ । 

एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ। रासस 

प्रकाशित: १२ श्रावण २०७४ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App