८ वैशाख २०८१ शनिबार
कला

को होला नयाँ जेम्स बोन्ड?

जेम्स बन्डको नयाँ शृंखला बन्ने हल्लासँगै नयाँ जेम्स बन्डका बारेमा चर्चा सुरु हुन्छ। मंगलबार फिल्म निर्माण कम्पनीले नयाँ शृंखलाको घाोषणा गरेसँगै यो साल पनि नयाँ जेम्स बन्ड को बन्ला भन्ने अनुमान सुरु भएको छ। निर्माण कम्पनीले फिल्म भने सन् २०१९ मा रिलिज गर्ने घोषणा गरेको छ ।

बोन्ड सिरिजका पछिल्ला ६ फिल्मको पटकथा लेखेका नेयल पुर्विस र रोबर्ड बेडले नयाँ सिरिजको पनि कथा लेखिरहेका छन्।

जेम्स बन्ड सिरिजका पछिल्ल्ाा ४ फिल्ममा देखिँदै आएका डेनियल क्रेग ५ औं शृंखलामा रहने वा नरहने सार्वजनिक गरिएको छैन।

बिबिसीका अनुसार डेनियल क्रेगले अहिलेसम्म सम्झौतामा हस्ताक्षर गरेका छैनन्। तर, न्युयोर्क टाइम्सले भने फिल्मका लागि डेनियल फाइनल भइसकेको दाबी गरेको छ। तर, फिल्म निर्माताले भने फिल्मका मुख्य कलाकारको घोषणा पछि गर्ने जानकारी गराएका छन्। क्रेगले सन् २००६ मा सार्वजनिक भएको 'क्यासिनो रोयल'बाट बन्ड सिरिजमा प्रवेश पाएका थिए। क्रेगले अभिनय गरेमध्ये तेस्रो फिल्म 'स्काइफल'ले ब्रिटेनको इतिहासमा बक्स अफिसको सारा रेकर्ड बे्रेक गरेको थियो।

यो पटक भने सिरिजका लागि क्रेगसँगै इद्रिस अल्बा र टम हार्डीको नाम पनि चर्चामा छ। बन्ड सिरिजको यो २५ औँं फिल्म हो। निर्माताले सन् २०१९ को नोभेम्बर ८ लाई फिल्म प्रदर्शन मिति घोषणा गरेका छन्।

प्रकाशित: १२ श्रावण २०७४ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App