कान्दाहारको सैनिक पोष्टमा आक्रमण, २६ सैनिकको मृत्यु

बुधबार, ११ साउन २०७४, १९ : ५१ नागरिक

कान्दाहार – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी समूहले मङ्गलबार रातभर गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको छ । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । 

मङ्गलबार अबेर रातिबाट ठूलो सङ्ख्यामा आएका तालिवान आतङ्ककारी समूहले रातभर गरेको हमलामा परी २६ सैनिकको मृत्यु हुनुका साथै अन्य १३ सैनिक घाइते भएको सैनिक प्रवक्ता दउलत वाजिरीले बताएका छन्। सो आक्रमण बुधबार बिहानसम्म जारी रहेको छ । 

अफगान सुरक्षाबलका अनुसार अफगान सैनिकले तालिवान आतङ्ककारी समूहसँग गरेको दोहारो भिडन्तको क्रममा ८० भन्दा बढी आतङ्ककारी मारिएका छन् । 

‘हाम्रीले कैयौँ पटकसम्म गरेको हवाई आक्रमणमा दर्जनौँ आतङ्ककारी मारिए र हाम्रो हेलिकोप्टरले घाइते भएका सैनिकलाई अस्पताल पनि पुर्‍याएको छ’ हवाई बलका प्रान्तीय कमाण्डर जनरल रजिक सिर्जाइले बताएका छन् । 

एक वरिष्ठ सैनिक स्रोतका अनुसार यस आक्रमणका क्रममा १२ जना सैनिक अझै बेपत्ता रहेका छन् । यसबाट यो आक्रमण अत्यन्त भीषण भएको भन्ने वर्णन गर्छ भन्ने उनले बताएका छन्। 

तालिवान आतङ्ककारी समूहले आफ्नो ट्वीटरमार्फत यस आक्रमणको जिम्मा लिएका छन् । 

सन् २०१४ को अन्त्यमा नेटो सैनिकले अफगान युद्ध सकिएको घोषणा गर्दै आ–आफ्नो देश फर्किएका र त्यहाँ बाँकी रहेका केही नेटो सैनिकले पनि आफूहरु युद्ध मैदानमा गएर युद्ध नगर्ने अफगान सैनिकलाई सल्लाह र सहयोग मात्र गर्ने घोषणा गरेका थिए । 

उक्त समयदेखि हालसम्म अफगानिस्तानमा अफगान सैनिक लक्षित आक्रमण बढेको छ । सन् २०१६ मा अफगानिस्तानमा सुरक्षाबलको हताहतको सङ्ख्या ३५ प्रतिशतले बढ्यो । 

अमेरिकाआवद्ध निरीक्षणकर्ता संस्था सिगारका अनुसार सन् २०१६ आतङ्ककारी आक्रमणमा अफगान सैनिक र प्रहरीगरी ६ हजार ८ सयको मृत्यु भएको थियो । 

सन् २०१७ मा यो सङ्ख्या अझै उच्च हुने लक्षण देखा परेको छ । यस वर्षको सुरुदेखि नै सैनिक हताहतको सङ्ख्या भीषण हुँदै गएको सिगारले बताएको छ । 





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad