८ वैशाख २०८१ शनिबार
राजनीति

कानूनमन्त्री थापाद्वारा पदबहाली

काठमाडौँ – नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संविधान कार्यान्वयन गर्ने तथा विधिको शासनको रक्षा गर्ने महत्वपूर्ण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सिंहदरबारस्थित कानून मन्त्रालयमा बुधबार साँझ पदबहाली गर्दै उनले तीनै तहको निर्वाचन समयमै पूरा गर्न आफू प्रतिबद्ध भएर काम गर्ने बताए । 

उनले संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्ने महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउँदा आफू ज्यादै खुशी भएको उल्लेख गरे । 

मन्त्री थापाले पदबहाली गर्दै १३ जना निर्वाचन अधिकृतलाई प्रदेश नं २ को निर्वाचनमा खटाउने निर्णयमा हस्ताक्षर गरेका थिए। 

नवनियुक्त मन्त्री थापा नेपाली काँग्रेस कास्कीको दुई कार्यकाल पूर्वसभापति, त्यसअघि कास्की जिविसको उपसभापति, पहिलोपटक कास्की क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए। उनले आफ्नो राजनीतिक जीवन नेपाल विद्यार्थी सङ्घबाट शुरु गरेका थिए । रासस

प्रकाशित: ११ श्रावण २०७४ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App