६ वैशाख २०८१ बिहीबार
समाज

उत्कृष्ट नतिजा ल्याउनेलाई ल्याप्टप

फोटो सौजन्य : नगेन्द्र दाहाल

काठमाडौं – समता शिक्षा निकेतन विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्याप्टप उपहार दिइएको छ । 

एसईईमा समता विद्यालयबाट उत्कृष्ट हुने एक छात्र र छात्रालाई फुलकुमारी महतो मेमोरियल ट्रष्टले एक÷एक थान ल्यापटप उपहार दिइएको हो । ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतोका अनुसार समताबाट एसईईमा उत्कृष्ट हुने एक छात्रा र छात्रलाई एक÷एक थान ल्यापटप बर्षेनी दिदै आएको छ ।

एसईईमा सामेल विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रमको अवसर पारेर उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप उपहार दिईएको हो।

समताले मासिक एक सय रुपैयाँ लिएर नर्सरीदेखि मास्र्टससम्म अध्ययन गराउँदै आएको छ । ५३ जिल्लामा सञ्चालित समता विद्यालयका विभिन्न शाखाबाट एसईईमा सहभागी करिब ११ सय विद्यार्थी कार्यक्रममा सहभागी थिए । विद्यार्थीलाई कलाकारत्रय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सिताराम कट्टेल (धुर्मुस), नेकपा माओवादी केन्द्रका नेता गिरिजामणि पोखरेल, सांसद एवम् ट्रष्टका उपाध्यक्ष डा.महतो लगायतका व्यक्तिले बधाई तथा शुभकामना दिए । समता विद्यालयका प्रिन्सिपल तथा शिक्षकलाई पनि संयुक्त रुपमा सम्मान गरिएको थियो ।

समतामा अध्ययन गरेर डाक्टर, पत्रकार, बैंकर भएका भावना लामा, विकास लामा, विश्वराज पराजुली, खिलक बुढाथोकी, सञ्जय गौतम लगायतलाई पनि सम्मान गरेको थियो ।

 

प्रकाशित: ११ श्रावण २०७४ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App