८ वैशाख २०८१ शनिबार
अन्य

बहुमत गुमाएपछि सरकार छोड्नुपर्छः खनाल

अविश्वास प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै एमाले वरिष्ठ नेता झलनाथ खनाल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–नेकप एमालेका वरिष्ठ नेता झलनाथ खनालले बहुमत गुमाएपछि सरकारबाट बाहिरिन एमालेलाई कुनै आपत्ति नभएको बताएका छन्। आइतबार व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै खनालले बहुमत गुमाउनेले सरकार छाड्ने र बहुमत पुर्याउने सरकार गठन गर्ने सामान्य सिद्धान्तबाट एमाले विचलित नभएको बताए।

प्रधानमन्त्री केपी ओलीले संधिवानको धारा २९८ मा नयाँ सरकार गठनको व्यवस्था नभएको भन्ने अभिव्यक्ति आइरहेका बेला एमालेका वरिष्ठ नेता खनालले बहुमत गुमाएको सरकारले सत्ता छोड्नु पर्ने र बहुमत पुर्याउने दलले सरकार गठन गर्ने सामान्य सिद्दान्तबाट एमाले विचलित नहुने बताएका हुन्।
उनले संसदमा दर्ता गरिएको अविश्वासको प्रस्ताव अपेक्षा नगरिएको बताए। ‘अहिले जुन प्रस्तावमाथि छलफल भइरहेको छ, यसको कुनै औचित्य थिएन,’ खनालले भने,‘तर औचित्य नभएको प्रस्तावमाथि अहिले हामी छलफल गरिरहेका छौं।’

खनालले अहिले सरकार परिवर्तन गर्ने भन्दा पनि दलहरु संविधान कार्यान्वयन गर्नेमा दलहरु एकजुट हुने बेलामा संसदमा पेश भएको अविश्वासको प्रस्तावले दलहरुबीच दूरी बढाउने काम गरेको बताए।

 

प्रकाशित: ९ श्रावण २०७३ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App