७ वैशाख २०८१ शुक्रबार
राजनीति

अन्ततः विवेकशील र साझा पार्टी एकीकृत(भिडियाे)

पार्टी एकीकरण समारोहमा साझा र विवेकशीलका नेताहरु। भिडियाे : प्रविन काेइराला

काठमाडौं— वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पका रुपमा हेरिएका साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एकीकरण भएका छन्। नागरिक समाजका अगुवाको सहयोगमा दुई पार्टीबीच श्रृङ्खलाबद्धरुपमा चलेका वार्तामार्फत दुवै दलहरु एकीकरणको अवस्थासम्म आइपुगेका हुन्।

। समितिमा दुई सहसंयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा रहनेछन्। पार्टीका बैठहरुको अध्यक्षता रवीन्द्र मिश्रले गर्नेछन्। संयोजन समितिमा अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहनेछन्।

एकीकृत नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी तय गरिएको छ। हाल साझा पार्टीले प्रयोग गरिरहेको लोगो तराजु नयाँ पार्टीको चुनाब चिन्ह रहनेछ। सम्झौताअनुसार दुवै पार्टीबाट १७-१७ गरी ३४ जनाको केन्द्रीय समिति गठन गरिएको छ। नयाँ पार्टीमा प्रत्येक प्रदेशबाट कम्तिमा १-१ जना प्रदेश संयोजक रहनेगरी ७ जना सदस्य केन्द्रीय समितिमा रहनेछन्। केन्द्रीय समिति विस्तार गरी महाधिवेशनसम्ममा ५१ जनासम्म पुर्‍याउन सकिने व्यवस्था गरिएको छ।

पार्टी सञ्चालनका लागि दुवै पार्टीबाट ४-४ जना रहेनगरी एउटा संयोजन समिति निर्माण गरिएको छ। समितिमा दुई सहसंयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा रहनेछन्। पार्टीका बैठहरुको अध्यक्षता रवीन्द्र मिश्रले गर्नेछन्। संयोजन समितिमा अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहनेछन्।

थप केन्द्रीय सदस्यहरुमा अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईं, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभित परियार र ज्ञानेन्द्र निरौला छन्। बाँकी ४ जना केन्द्रीय सदस्य पछि थपिने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ।

पार्टी एकीकरणसँगै एक स्वायत्त अनुशासन आयोग गठन गर्ने र त्यसले पार्टी नेतृत्व र सदस्यमाथि अनुशासनको कारवाही गर्ने न्यायिधक अधिकार प्रयोग गर्ने जनाइएको छ। संयोजन समितिले एउटा प्रबुद्ध समूह गठन गर्ने र संयोजन समितिले मागेका सल्लाह सुझाव त्यो समितिमार्फत् लिइने संयन्त्र यो नयाँ पार्टीको उल्लेख छ।

'आम सर्वसाधारणले रुपान्तरणकारी सुसंस्कृत वैकल्पिक राजनीतिको लागि आशाका साथ हेरेका दुई पार्टीबीच एकीकरण भएबाट हामी अत्यन्तै उत्साही र आशावादी भएका छौं', पार्टी एकीकरणबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'हाम्रो एकता हेर्न चाहने सम्पूर्ण शुभेच्छुक तथा यस एकता प्रक्रियामा सघाउने नागरिक समाजका सदस्यहरुप्रति हामी आभार प्रकट गर्न चाहन्छौं।'

पहिलो चरणको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा दुवै दलले राम्रो प्रदर्शन गरेका दुवै दललाई एकीकृत गर्न दबाब पर्दै आएको थियो। ललितपुर महानगरमा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले प्रतिस्पर्धी मत पाएका थिए। दोस्रो चरणको स्थानीय चुनावमा भने उल्लेख प्रदर्शन नसकेको अवस्थामा दुवै पार्टी एकीकरण भएका हुन्।

प्रकाशित: ११ श्रावण २०७४ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App