coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मालपोत कर्मचारी ८० हजार घुस लिँदालिँदै पक्राउ

बाजुरा— जिल्ला मालपोत कार्यालयबाट खटाइएका प्राविधिक कोपीलराज गिरी पक्राउ परेका छन्। गिरी बुधबार बिहान पूजा बे्रकफाष्ट एण्ड खाजा घरबाट ८० हजार रुपैया घुस लिँदैगर्दा पक्राउ परेका हुन्। गिरीले मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगतको घर मर्मत कार्यक्रमबाट कमिसन बापतको घुस लिँदै गर्दा प्रहरीले सुराकीको आधारमा रंगेहात पक्राउ गरेको प्रहरी निरीक्षक जगदीश चन्द्र भट्टले बताए।

चिया खाने बाहना बनाएर गिरी मुक्त हलिया अगुवा गोरख सार्कीबाट घुस लिँदै गर्दा प्रहरीसहित पत्रकारको टोली पुगेको थियो। सोही अवस्थामा घुल लिने र दिने दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घुस दिने सार्कीले प्रत्येक व्यक्तिबाट संकलन गरेको रकम एकमुष्ट दिन खाजेका थिए। सार्कीकै योजनाअनुसार कसिमन माग्ने कर्मचारी फसाउने गरी मुक्त हलिया घर मर्मत वापतको व्यक्तिबाट चेक संकलन गर्न लगाएर एकमुष्ट दिन खोजिएको हो।

जिल्लाका साविक १० गाविसमा मुक्त हलिया पुर्नस्थापनाका कार्यक्रम अन्तर्गत घर मर्मतका लागि मात्र ५ करोड ४० लाख रुपैयाँ आएको थियो। प्रति परिवार १ लाख २५ हजारका दरले ४३२ परिवारका लागि उक्त रकम आएको हो।

मर्मत अन्तर्गत मात्र २४ लाख ६० हजार बढी कमिसनको माग गरिएको बुझिएको छ। रकम १ हजार प्रति व्यक्तिबाट घर मर्मत पूर्व नै लिईसकेको पाइएको छ। सो कुरा ४५ परिवारबाट लिएको पक्राउ परेका सभ ओभरसियर कोपीलराज गिरीले स्वीकार गरेका छन्।

थप ५ हजार माग गर्दा नदिएपछि मुक्त हलियाबाट तीन हजारको चेक काट्न लगाइएको थियो। मालपोत कार्यालय प्रमुख हिरालाल गिरीले तीन हजारको चेक काट्न भनेर कागजमा चिट लेखेर दिएको प्रमाण समेत फेला परेको छ।

मुक्त हलियाले पैसा नदिएपछि कार्यालय प्रमुख गिरी २ पटक गोर्ख सार्कीको घरमा आएको र रकम दिन दबाब दिएको उनको दाबी छ। घर मर्मत कार्यमा सघाउन मालपोत कार्यालयले कोपीलराज गिरी, हंश नेपाली, देवेन्द्र शाहीलाई काममा खटाएको थियो।

जिल्लामा २०७० सालदेखि मुक्त हलिया पुर्नस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ। यो वर्ष मात्र १० करोड बढी रकम जिल्लामा आएको थियो। त्यो मध्ये ७ करोड बढी खर्च भएको देखिएको छ। त्यो सबै रकमबाट पनि ५ प्रतिशतका दरले कमिसन लिने गरेको मुक्त हलियाको गुनासो छ।

प्रकाशित: ११ श्रावण २०७४ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App