तेल गायब पार्ने को हो?

बुधबार, ११ साउन २०७४, १० : २७ अजित तिवारी

विराटनगर—पेट्रोलियम डिलर्स, आयल निगम र ट्यांकर चालकबीच लफडा हुँदा मुख्य विषय बन्छ – डिपोबाट पम्पसम्म आउँदा तेलमा हुने सर्टेज (कमी)। यही समस्याले यी तीनवटै निकायले बारम्बार अवरोध गर्दा उपभोक्ताले पेट्रोलियम पदार्थको हाहाकार खेप्नुपर्छ।

ट्यांकरको एक चेम्बर अर्थात् १० हजार लिटर पेट्रोल पम्पको भूमिगत ट्यांकीमा अनलोड गर्नेक्रममा ६० देखि ८० लिटर र त्यही परिमाणमा डिजेल खन्याउँदा ४० देखि ६० लिटर कम (सर्टेज) हुने गरेको पेट्रोलियम व्यवसायीको दाबी छ। उनीहरूका अनुसार तापक्रमलगायत समस्याले २० देखि २५ लिटर पेट्रोलियम पदार्थ सर्टेज हुनु सामान्य हो। तर, निगमको डिपोबाट ट्यांकरमा र ट्यांकरबाट पम्पको ट्यांकीसम्म खन्याउँदा पेट्रोलियम पदार्थको कमी सय लिटरसम्म नाघ्न थालेपछि डिलर्स एसोसिएसन, निगम र ट्यांकर  चालकबीच ‘दोषारोपण’ गर्नेक्रम विराटनगरमा पनि बढेको थियो।

निगमको डिपोबाट ट्यांकरमा खन्याइएको पेट्रोलियम पदार्थको परिमाण पम्पमा पुग्दा कसरी कम हुन्छ ? आखिर बाटोमै तेल हराउँछ कि अरू केही कारण हो ? यही कुरा खोतल्न मंगलबार विराटनगरको एबी पेट्रोलपम्पमा प्राविधिक राखेर डिलर्स एसोसिएसनले अनुसन्धान गर्न खोज्यो । पम्पको डिजेल र पेट्रोलको दुवै भूमिगत ट्र्यांकीलाई खाली गरेर ड्राई गरियो। पम्पले रसिद काटेको २ हजार ९ सय ७६ लिटर डिजेल लिएर ट्यांकर पम्पमा आइपुगे।

निगमको डिपोबाट ट्यांकरमा र ट्यांकरबाट पम्पको ट्यांकीसम्म खन्याउँदा पेट्रोलियम पदार्थको कमी सय लिटरसम्म नाघ्न थालेपछि डिलर्स एसोसिएसन, निगम र ट्यांकर  चालकबीच ‘दोषारोपण’ गर्नेक्रम विराटनगरमा पनि बढेको थियो।

तापक्रम र अन्य अवस्था जाँच गरेर ट्यांकरको डिजेल पम्पको भूमिगत ट्र्यांकीमा खन्याइयो । भूमिगत ट्यांकीमा खन्याइएको डिजेल फेरि पम्पको नोजलमार्फत ट्यांकरमै हालियो । यसरी गर्दा तेल कहाँ हराउँदोरहेछ भन्ने पत्ता लाग्ने डिलर्स एसोसिएसनको आशा थियो । त्यही भएर कोसी पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष मुकुन्द न्यौपानेकै एबी पेट्रोल पम्प अनुसन्धानका लागि छनौट गरिएको थियो ।

भूमिगत ट्यांकीमा ट्यांकरबाट खन्याइएको २ हजार ९ सय ७६ लिटर डिजेल पम्पको नोजलमार्फत फेरि ट्यांकरमा पुर्‍याउँदा २ हजार ९ सय ७४ लिटर पुग्यो। अर्थात् २ लिटर मात्रै कम (सर्टेज) देखियो। ‘यो त हुनै सक्दैन,’ एसोसिएसनका महासचिव सुनील विरलाले अचम्म मान्दै भने, ‘निगम र ट्यांकरले चलाखी गरेको देखिन्छ।’ पेट्रोलियम व्यवसायीको आशंका के छ भने ‘हामीले नाँपतौल गर्न लागेको थाहा पाएर कम सर्टेज हुने ट्यांकर निगम र चालकको मिलेमतोमा पठाएको हो।’

आयल निगमले नयाँ ट्यांकरमा पेट्रोलियम पदार्थ पम्पमा पठाउन लागेको थाहा पाएपछि डिलर्स एसोसिएसनले पुरानो लटको ट्यांकरमा तेल बजार पठाउन मंगलबार बिहानै निगमलाई आग्रह गरेको थियो। ‘नयाँ ट्यांकरमा तेल धेरै सर्टेज हुँदैन भनेर पुरानो लटमा पठाउन भनियो,’ एसोसिएसनका महासचिव विरलाले भने, ‘हामीले सर्टेज पत्ता लगाउन लागेको थाहा पाएर होला, पुरानो लटको पनि राम्रो ट्यांकरमा तेल हालेर पठाइदियो ।’

पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष अरविन्द शर्माले ट्यांकर र तेलको परिमाणमा चलाखी गरिएको देखिएकाले मंगलबारको नापतौललाई आधिकारिक नमानिने बताए । ‘अरू दिन पम्पमा तेल आउँदा सय लिटरसम्म सर्टेज हुन्थ्यो,’ उनले भने, ‘अहिले नापतौल गर्दा २ लिटर मात्रै, यो सब चलाखी गरिएको देखिन्छ।’








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad