coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एमबाप्पे रियाल जाँदै

मड्रिड– रियाल मड्रिडले मोनाकोबाट काइलियान एमबाप्पेलाई विश्व कीर्तिमानी सरुवा रकम १८ करोड युरोमा सान्टियागो बेर्नाबेउ भिœयाउन सहमति गरेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् ।

सहमति प्रक्रियाको निकट स्रोतलाई उद्धृत गर्दै खेलकुद दैनिक मार्काले जनाएअनुसार किशोर स्ट्राइकर एमबाप्पे ६ वर्षे सम्झौतासहित आगामी केही दिनमा रियालसँग अनुबन्धित हुनेछन् । मार्काले दुई क्लब र खेलाडीबीच सरुवाको विषयमा सहमति भएको जनाए पनि फ्रान्सेली पत्रिकाहरूले पेरिसियन र निस माटिनमा भने मोनाकोले एमबाप्पे सरुवाको समाचारको खण्डन गरेको छ ।

तर मार्काले १५ देखि १६ करोड तिर्न तयार भइसकेको रियालले थप २ देखि ३ करोड खर्चिन तत्परता देखाएकोमा जोड दिएको छ। हाल विश्व फुटबलमा म्यानचेस्टर युनाइटेडले गत वर्ष पाउल पोग्बाका लागि युभेन्ट्सलाई तिरेको रकम कीर्तिमानी सरुवा रकम हो । युनाइटेडले १० करोड ५० लाख युरोमा पोग्बालाई ओल्ड ट्राफोर्ड भित्र्याएको थियो ।

गत शुक्रबार अल्भारो मोराटाले इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीसँग सम्झौता गरेपछि रियाल उनको बहिर्गमनबाट खाली भएको ठाउँमा उपयुक्त विकल्पको खोजीमा थियो । जिनेदिन जिदानको युरोपियन च्याम्पियन टोलीमा १८ वर्षे एमबाप्पे आए उनले पाउने पारिश्रमिक ७० लाख युरो हुने मार्काले उल्लेख गरेको छ ।

२०१९ सम्म मोनाकोसँग सम्झौतारत एमबाप्पे फ्रान्सेली लिग वानको प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मनसहित युरोपका केही ठूला क्लबको रोजाइमा परेका खेलाडी हुन् ।

मोनाकोले पेरिस सेन्ट जर्मन र रियाललगायतका क्लबलाई आफ्नो अनुमतिबिना एमबाप्पेसँग सम्पर्क नगर्न गत साता चेतावनी दिएको थियो । ‘युरोपका शीर्ष फुटबल क्लबहरूले काइलियान एमबाप्पेसँग हाम्रो अनुमतिबिना सम्पर्क गरेका छन् । जुन सरासर गलत हो । यस्तो नगर्न हामी उनीहरूलाई सचेत गराउन चाहन्छौं । यो फ्रान्स र अन्तर्राष्ट्रिय नियमविपरीतको काम हो,’ मोनाकोले आफ्नो वेभ साइटमा भनेको थियो ।

गत सिजनको दोस्रो हाफबाट शीर्ष स्तरको करियर सुरु गरेका एमबाप्पेले च्याम्पियन्स लिगका १० खेलमा ६ गोल गरेका थिए । घरेलु लिग वानमा भने उनले १५ गोल गरेका थिए ।

सोमबार मोनाकोका फुल ब्याक बेन्जामिन मेन्डीले ५ करोड ८० लाख युरोमा म्यानचेस्टर सिटीसँग सम्झौता गरेका थिए । रक्षापंक्तिका खेलाडीका लागि भएको यो विश्व कीर्तिमानी सरुवा रकम हो।

प्रकाशित: ११ श्रावण २०७४ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App