coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता सेसन्स कमजोर : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्समाथि अर्को आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्समाथि कमजोर भएको आरोप लगाएका हुन्। ट्रम्पले ट्विटरमार्फत महान्यायाधिवक्ता सेसन्सलाई लगाएको पछिल्लो आरोप उनले देशको सबैभन्दा वरिष्ठ अभियोजनकर्तालाई हटाउन बारेमा सल्लाहकारसँग सल्लाह गरिरहेको भन्ने समाचार आइरहेको बेला आएको छ । यस अघि सोमबार राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता सेसन्सलाई ट्विटमार्फत नै उनकै कारण आफू घेरबन्दीमा परेको बताएका थिए।

राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता सेसन्सविरुद्ध गरेको पछिल्लो ट्विटले उनी महान्यायाधिवक्ता सेसन्ससँग रुष्ट भएको स्पष्ट भएको बिबिसीले जनाएको छ। राष्ट्रपति ट्रम्प महान्यायाधिवक्ता सेसन्सले गत वर्ष अमेरिकामा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी संलग्नताका विषयमा संघीय अनुसन्धान ब्युरोले गरिरहेको अनुसन्धानबाट आफूलाई अलग्याएको भन्दै उनीसँग रुष्ट रहेको बताइएको छ।

महान्यायाधिवक्ता जेफ सेसन्सले हिलारी क्लिन्टनले गरेको इमेल र डिएनसी सर्भरसम्बन्धित अपराधमा अत्यन्तै कमजोर भूमिका लिएको राष्ट्रपति ट्रम्पले मंगलबार गरेको ट्विटमा लेखिएको छ । यस ट्विटको केही समय अघि उनले गरेको अर्को ट्विटमा उनले महान्यायाधिवक्ता सेसन्सले गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा आफूलाई हराउन डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई युक्रेनले सहयोग गर्ने भन्ने विषयमा चाहिं किन अनुसन्धान हुँदैन भनेर प्रश्न गरेका थिए।

‘द वासिङ्टन पोस्ट’ पत्रिकामा प्रकाशित एक समाचारका अनुसार राष्ट्रपति ट्रम्पले सेसन्सलाई महान्यायाधिवक्ताको पदबाट कसरी हटाउन सकिन्छ भनेर आफ्ना सल्लाहकारसँग सल्लाह गरिरहेको बताइएको छ । राष्ट्रपति ट्रम्पका भर्खरै मात्र नियुक्त भएका सञ्चार निर्देशक एन्थोनी स्कारामुक्कीले महान्यायाधिवक्ता सेसन्सलाई चाँडै नै पदमुक्त गर्न सकिने बताएका छन् । कन्जरभेटिभ रेडियोमा भएको अन्तर्वार्तामा स्कारामुक्कीलाई पत्रकार हग हेविटले राष्ट्रपति ट्रम्प महान्यायाधिवक्ता सेसन्स पद मुक्त भएको हेर्न चाहन्छन् भनेर प्रश्न गरेका थिए। प्रश्नको जवाफमा स्कारामुक्कीले यदि सम्बन्धमा आएको तनाब  यतिसम्म सार्वजनिक भइसकेपछि तपाईले भनेको सही हुनसक्छ भनेका छन्।

प्रकाशित: ११ श्रावण २०७४ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App