एकीकरणपछि कस्तो बन्नेछ साझा विवकेशील पार्टी?

बुधबार, ११ साउन २०७४, ०८ : ११ नागरिक

काठमाडौं— वैकल्पिक धारको राजनीतिक शक्ति निर्माणमा रहेको दुई राजनीतिक दल विवेकशील नेपाली दल र साझा पार्टीबीच आज बुधबार एकीकरण हुँदैछन्। दुवै दलका वार्ता टोलीबीच भएको सहमतिअनुसार बुधबार अपराह्न राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको घोषणा हुनेछ।

‘भोलि (बुधबार) पार्टीको घोषणा गर्ने सहमति भएको छ तर अहिले पनि धेरै विषयमा छलफल भइरहेको छ र भोलिसम्म एउटा स्पष्ट खाकासाथ आउनेछौं,’ विवेकशील नेपाली दलका प्रवक्ता तथा वार्ताटोलीका प्रमुख रमेश पौडेलले भने, ‘सामूहिक नेतृत्वमा एकीकृत पार्टी सञ्चालन हुनेछ।’ त्यसका लागि दुवै दलका हालका अध्यक्षहरु उज्ज्वल थापा र रवीन्द्र मिश्रसहित ६ देखि ८ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ।

दुवै दलको नाममा विवेकशील र साझा नाम आउनेछ। सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘साझा विवेकशील’ भए अहिले विवेकशीलले प्रयोग गर्ने आएको ‘हाँसिरहेको व्यक्तिका मुखकृति’ पार्टीको चिह्न हुनेछ भने ‘विवेकशील साझा’ नाम राखिएमा साझा पार्टीको तराजु चुनाव चिह्न हुनेछ।

दुवै पक्षबीच ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने सहमति भएको छ। विवेकशील र साझाबाट १७–१७ रहेनछन् भने बाँकी १७ सदस्यीय मनोनीत गर्ने सहमति भएको छ । हाल विवेकशीलको ३५ र साझाको २२ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।

प्रदेशका संयोजकहरूको घोषणा पनि बुधबार नै हुनेछ । वार्तामा साझाका तर्फबाट सूर्यराज आचार्य र मुमाराम खनाल, विवेकशीलका तर्फबाट पौडेलका अतिरिक्त गोविन्दनारायण तिमल्सिना थिए ।

पहिलो चरणको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा दुवै दलले राम्रो प्रदर्शन गरेका दुवै दललाई एकीकृत गर्न दबाब पर्दै आएको थियो । तर दोस्रो चरणको स्थानीय चुनावमा भने उल्लेख प्रदर्शन गर्न सकेन।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad