८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल–म्यानमार सम्बन्ध विस्तारमा छलफल

काठमाडाैं- उपप्रधान तथा पारराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊसँग भेटघाट गर्दै दुइ देशीय सहयोगका विषयमा छलफल गरेका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध विस्तारका विभिन्न  विषयमा छलफल भएको हाे।

भेट अवसरमा परराष्ट्रमन्त्री महराले दुइ देशबीचकाे सम्बन्धलाइ शान्तिदूत गौतम र उनका दर्शनले अझै प्रगाढ बनाएको उल्लेख गरेका थिए। हालै दुई देशबीच हवाई सम्बन्ध स्थापना भएको उल्लेख गर्दै उनले नेपाल-म्यान्मारबीच पर्यटनकाे राम्राे सम्भावना रहेकाे उल्लेख गरे।

मन्त्री महराले नेपाल र म्यान्मारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नुपर्ने र सो संयन्त्रमाफर्फत आपसी चासो र हितका विषयलाई अझ विस्तार गर्नुपर्ने बताए। भेटमा राजदूत ल्विनले बर्सेनि २० हजारदेखि २५ हजारसम्म म्यान्मारका पर्यटक नेपाल आउने गरेको जानकारी दिएका थिए। उनले दुई देशबीच परामर्श संयन्त्रका लागि आवश्यक पर्ने सबै तयारी आफ्नो देशका तर्फबाट पूरा गर्न पहल गर्ने बताए ।

प्रकाशित: १० श्रावण २०७४ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App