coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सप्तरीका बाढीपीडितलाई एमालेको राहत

कञ्चनपुर (सप्तरी)—सप्तरीका विभिन्न स्थानका बाढिपीडित ११७ परिवारलाई आज नेकपा (एमाले)ले राहत वितरण गरेको छ। बाढीपीडित राजविराज नगरपालिका वडा नं २ र १० तथा मलेठका बाढिपीडित प्रतिपरिवारलाई एक थान त्रिपाल, एक थान ब्ल्याङ्केट, एक थान ज्याकेट र पाँच किलो खाद्यान्नका दरले राहत बाँडिएको हो।

स्थानीय मदननगरस्थित पार्टी कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार एवम् राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम अंसारी, एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, नेपाली जामे मस्जिद काठमाडौँका सचिव मन्सुर हुसैन, एमाले सप्तरीका इन्चार्ज सुमनराज प्याकुरेल, राजविराज नगर सहइन्चार्ज अखिलेस झा, समाजसेवी अजितकुमार ठाकुर लगायतले बाढिपीडित परिवारलाई राहत वितरण गरेका थिए।

दुई साताअघि पनि पार्टी कार्यालयमै कार्यक्रमको आयोजना गरी केन्द्रीय नेताहरुकै उपस्थितिमा एमालेले बाढिपीडित एक हजार ११५ परिवारलाई राहत वितरण गरेको थियो।

गत असार १६ गते सप्तरीको खाँडो र महुली लगायतका नदीमा आएको बाढीबाट राजविराज नगरपालिकाका तीनवटा वडाका साथै मैनाकडेरी, तिलाठी, मलेठ, भेडिया, पोर्ताहा, रघुनाथपुर, सकरपुरा र रामपुरको पौवाहा टोललगायत बस्ती प्रभावित भएका थिए। रासस

प्रकाशित: १० श्रावण २०७४ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App