coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्राफिकमा सर्वेन्द्र खनाल, प्रवक्ताको जिम्मेवारी पुष्कर कार्कीलाई

काठमाडौं—प्रहरी प्रधान कार्यालयले महानगरीय ट्राफिक महाशाखाको प्रमुखको सरुवा गर्दै एसएसपी सर्वेन्द्र खनाललाई जिम्मेवारी दिएको छ। महाशाखामा रहेका डिआइजी मिङमार लामालाई हेडक्वाटरमा रहेको ट्राफिक निर्देशनालयमा सरुवा गरेर मंगलबार उनको स्थानमा खनालको सरूवा गरेको हो।

खनाल यसअगाडि महानगरीय प्रहरी अपराध महाशाखाबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएर प्रवक्ता भएका थिए। खनालको सरुवापछि रिक्त भएको केन्द्रीय प्रवक्तामा एसएसपी पुष्कर कार्की आएका छन्। उनी आइजिपी सचिवालयमै कार्यरत थिए।

उनी यस अगाडि महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख थिए। महाशाखामा डिआइजी प्रमुख हुन्छन्। गृहले हालै निकालेको बढुवा सिफारिसमा लामा एआइजीका लागि र खनाल र कार्की डिआइजीका लागि सिफारिस भएका छन्।

प्रकाशित: १० श्रावण २०७४ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App