८ वैशाख २०८१ शनिबार
खेल

अफगानिस्तानद्वारा नेपाललाई १९६ रनको लक्ष्य

काठमाडौं—आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५को योगफल बनायो। सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले ११४ बलमा पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए।

त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए। अफगानिस्तानका अर्का ओपनर नवीद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ तथा कप्तान सन्दस्प लामिछाने र पवन शर्राफले एक एक विकेट हात पारे । डबल राउण्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगिताअन्तर्गतका यसअघि भएका पाँच खेलमा नेपालले चार खेल जितेको छ।

प्रतियोगितामा यसअघिको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो। विश्वकपमा आफनो स्थान सुरक्षित गर्न नेपालले अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गर्नुपर्नेछ अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। रन अन्तर कम भएमा अफगानिस्तानलाई हराए पनि नेपाल विश्वकपका लागि छनोट हुने सम्भावना छैन।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुने प्रावधान छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ। रासस

प्रकाशित: १० श्रावण २०७४ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App