coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अविश्वास प्रस्तावमाथि छलफल सुरु

काठमाडौं– शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा पेश गरेको अविश्वासको प्रस्तावमाथिको छलफल सुरु भएको छ।  अहिले सांसदहरुले आ–आफ्नो दलको अडान संसदमा राखिरहेका छन्।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइ कांग्रेसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावमाथि छलफल सुरु भएको हो।

विपक्षी दलले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न सकिने धारणा राखेका छन् भने सत्तापक्षले संविधानको धारा २९८ मा नयाँ सरकार गठनको व्यवस्था नगरेको धारणा राखेका छन्। अविश्वासको प्रस्तावमाथिको छलफल आजै सकिने र मतदान हुने कार्यसूचि छ। आजै प्रधानमन्त्री केपी ओलीले संसदमा सम्वोधन गर्ने कार्यक्रम छ।  अविश्वासको प्रस्ताव पारित भएमा वर्तमान सरकार कामचलाउमा परिणत हुनेछ।

 

प्रकाशित: ९ श्रावण २०७३ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App