८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा आत्मघाती विस्फोट, ८० को मृत्यु

काबुल–अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको आत्मघाती बम विस्टफोटमा मर्नेहरुको संख्या ८० पुगेको छ। २ सय जना भन्दा बढी घाइते भएका छन्।

अफगान प्रहरीका अनुसार काबुलको मजाङ्ग चोकमा प्रस्तावित बिजुली सप्लाई लाइनको बाटो बन्द गर्नुपर्ने माग राख्दै प्रर्दशनम उत्रिएका हजारा समुदायका हजारौं मानिस जम्मा भएको स्थानमा दुई आत्मघाती बम विस्फोट गराइएको थियो।

शनिबार भएको आत्मघाती बम विस्टफोटमा मर्नेहरुको संख्या ८० पुगेको छ। २ सय जना भन्दा बढी घाइते भएका छन्।

हमलामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले घटनामा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।

उक्त आत्मघाती बम विस्फोटको जिम्मा इस्लामीक स्टेट आइएसले लिएको छ। आइएस सम्बद्ध सञ्चार माध्यमले दुई आत्मघाती हमलाकारीले सिया समुदायको भीडमा बेल्टमा बम राखी विस्फोट गराएको बताएका छन्।

यता अफगानिस्ताको विद्रोही समुह तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले उक्त हमलाको निन्दा गरेका छन्।
 

प्रकाशित: ९ श्रावण २०७३ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App