७ वैशाख २०८१ शुक्रबार
अर्थ

अनलाइनबाट टेलिकमको डाटा किन्न मिल्ने

काठमाडौं – नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । नेपाल टेलिकमले प्रेस विज्ञप्तिमार्फत अनलाइनबाट डाटा किन्न सकिने सुविधा सुरु गरेको जानकारी गरायो । नेपाल टेलिकमको आधिकारिक वेबसाइटअन्तर्गत अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गरेर डाटा किन्न सकिनेछ ।
विभिन्न डाटा प्याकेज किन्न मोबाइल नम्बर र पीयूके नम्बर राखेर आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ । नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा *1415# डायल गरेर पनि लिन सकिन्छ । त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिन्छ ।

‘ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो । नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ,’नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने ।

प्रकाशित: ९ श्रावण २०७४ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App