नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

सोमबार, ०९ साउन २०७४, १३ : ०६ नागरिक

काठमाडौँ – आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । 

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो‍ । 

नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए । उनले ३७ बलमा छ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन बनाए । 

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा हफिजुद्धिनले दुई विकेट लिए । 

यसअघि ब्याटिङ गर्दै मलेसियाका लागि साएद अजिजले ४६ तथा विरनदीपले १० रन बनाए । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्केका थिए । 

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । उनले ९.१ ओभर बलिङ गरी एक मेडन राखेर १३ रन मात्र खर्चे । साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए । आलमले ९ ओभरमा २३ रन दिए । मलेसियाविरुद्ध सोमबारको खेलमा डेब्यु गरेका ढकालले पाँच ओभरमा एक मेडन राखि १५ रन दिए । नेपाल पाँच खेलमा चार जित र एक हारसँगै आठ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । रासस 







यसमा तपाईको मत


अन्य समाचार

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...