८ वैशाख २०८१ शनिबार
समाज

ट्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

पर्सा –  पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । 

भारतबाट दर्शनार्थी बोकी आएको ना५त ३६३० नंको ट्याक्टर राति १२ः१५ बजे गाउँपालिका–५ सोलखपुरमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार रहेका भारत विहार पश्चिमी चम्पारण रक्सौलको पंटोका निवासी ५० वर्षीय महेन्द्र पाश्वान र ९ वर्षीया पूजा कुमारीको मृत्यु भएको हो । 

पर्साको पटेवासुगौली गाउँपालिकामा रहेको दुधेश्वर महादेवको दर्शन गर्न भारतबाट दर्शनार्थी बोकी आएको उक्त नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका महेन्द्र र पूजाको उपचारका क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। 

सवारी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेको २५ मध्ये नौजना घाइते भएको प्रवक्ता जोशीले जानकारी दिए। घाइते सबैको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ट्याक्टर चालक बुनिलाल राम र उनकी श्रीमती सोभार रामको आवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतक पाश्वन र पूजाको शवपरीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा रखिएको प्रहरीले बताएको छ । रासस 

प्रकाशित: ९ श्रावण २०७४ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App