७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनाब सकिएको तीन महिनासम्म मतगणना गर्दै निर्वाचन आयोग!

निर्वाचन आयोगको वेबसाइट भन्छ- मतगणना जारी छ। स्क्रिनसट हेर्नुहोस्

काठमाडौं— स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको तीन महिना ८ दिन पुगेको छ। दोस्रो चरणको निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्यो। २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा स्थानीय निकाय निर्वाचन सम्पन्न भएको थियो।

पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ नं. प्रदेशमा निर्वाचन भएको थियो। दोस्रो चरण अन्तर्गत १, ५ र ७ नं. प्रदेशमा निर्वाचन भएको थियो। पुष्पकमल दाहाल पुत्री रेणु उम्मेदवार भएको भरतपुर महानगरपालिका बाहेक सबैतिरको परिणाम त्यतिबेलै सार्वजनिक भइसक्यो। मेयर-उपमेयर र प्रमुख-उपप्रमुखहरुले वार्षिक योजनै सार्वजनिक गरिसके।

महिला सदस्यतर्फ एमालेका १३२८ विजयी भएका छन्। दुईमा एमालेको अग्रता छ। ९६८ महिला सदस्य जित्दै काँग्रेस दोस्रो छ भने १ सिटमा अग्रता लिइरहेको छ।

पत्याउन गाह्रो पर्ला। तर यो सत्य हो निर्वाचन गराउने आधिकारिक निकाय निर्वाचन आयोग आफ्नो आधिकारिक वेबसाइटमा अझै मतगणना जारी छ। यहाँ क्लिक गरेर हेर्नुहोस्

निर्वाचन आयोगको वेबसाइटका अनुसार अहिले मतगणना जारी छ। जारी मतपरिणामअनुसार एमालेले ५३ स्थानीय तह प्रमुखमा विजयी हाँसिल गरेको छ। एउटामा अग्रता लिइरहेको छ।

महिला सदस्यतर्फ एमालेका १३२८ विजयी भएका छन्। दुईमा एमालेको अग्रता छ। ९६८ महिला सदस्य जित्दै काँग्रेस दोस्रो छ भने १ सिटमा अग्रता लिइरहेको छ।

यस्तो कसरी भयो? आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार फिल्डमा खटिएका कर्मचारीले काम नगर्दा यस्तो भएको हो।

'निर्वाचन गराउन खटिएका कर्मचारीले समयमा सूचना अपडेट नगराउँदा यस्तो भएको हो। कतिले निर्वाचनपछि विजयीलाई प्रमाणपत्र वितरण गरी तलबभत्ता बुझैर गइसके तर वेबसाइट अपडेट गर्दिएनन्', उनले नागरिकन्युजसँग भने। सबै ठाउँमा इन्टरनेट नभएका कारण पनि पनि आयोगको वेब साइट अपडेट हुन नसकेको उनको दाबी छ।

आयोगले निर्वाचन अधिकृत परिचालन गर्दा वेब अपडेटका लागि अलग्गै तालिम दिइएको उनले बताए।

आयोगको भिडियो १४ पटक हेरियो

मतदाता शिक्षामा निर्वाचन आयोगले ७५ करोड रुपैयाँ खर्चियो तर त्यसको प्रतिफल मतपरिणाममा सकारात्मक देखिन सकेन। विराटनगर महानगरपालिकामा २१ प्रतिशत मत बदर भएको छ।  कपिलबस्तु नगरपालिकामा १७.११ प्रतिशत र कृष्णनगर नगरपालिकामा २२.६२ प्रतिशत मत बदर भएको थियो। पहिलो चरण चुनावमा ललितपुरमा अधिकतम १७ प्रतिशत मत बदर भएको थियो।

मतदाता शिक्षा विज्ञापनमा पनि दसौँ लाख रुपैयाँ खर्च भएको छ। युट्युबमा अपलोड गरिएका विज्ञापनमाथिको खर्च बालुवामापानी जस्तै देखिएको छ। ‘भोटिङ एनिमेसन प्रोसेस' शीर्षकको विज्ञापनलाई १ सय ३८, औदिल चुनाव हो (थारु भाषा) को २४ र मह सञ्चारले तयार पारेको विज्ञापन १४ जनाले मात्रै हेरेका छन्।

प्रकाशित: ८ श्रावण २०७४ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App