७ वैशाख २०८१ शुक्रबार
समाज

इलाममा सर्पले डसेर शिक्षकको मृत्यु

इलाम – जिल्लाको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।

शनिबार साँझ साढे ७ बजेतिर राईलाई घरनजिकैको जुठेटार खेतमा पानी लगाउन ढुंगा उचाल्दै गर्दा सर्पले डसेको थियो । हातको औंलामा सर्पले डसेर घाइते भएका राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल ल्याइएपनि उपचार हुन नसकेपछि थप उपचारका लागि झापाको चारआली लगिएको थियो । अस्पतालमा  उपचाररत राईको मृत्यु भएको त्यही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टीका अधिकारीले जानकारी दिए ।

‘शिक्षक राईलाई कुन सर्पले डसेको हो भन्ने हामीले थाहा पाएनौं तर अस्पतालले चाहिँ करेत जातको सर्पले टोकेको भनेको रहेछ,’ अध्यक्ष अधिकारीले भने, ‘राईलाई डस्ने सर्प पनि नियन्त्रणमा लिएर बिरामीसँगै अस्पताल पुर्‍याइएको थियो ।’  

प्रकाशित: ८ श्रावण २०७४ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App