७ वैशाख २०८१ शुक्रबार
समाज

खस संग्राहलयको सामाग्री अलपत्र

खस अभियान्ता विर वहादुर शाही संकलित खस सामाग्री देखाउँदै । तस्बिरः डिबी बुढा

जुम्ला – जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेको चित्त नबुझाउँदा  खस संग्राहलयको लागि संकलित परम्परागत खस सामाग्री अलपत्र परेका छन । एलडियोलाई चित्त बुझाउन नसकिएकोले खस सामाग्री अलपत्र परेको कर्णाली खस विकास समितिका अध्यक्ष विर वहादुर शाहीले जानकारी दिए । पटक पटकका भेटमा स्थानीय विकास अधिकारीले केही पाउने आशा गरेको महशुस हुन्थ्यो, तर उनको व्यक्तिगत चाहनालाई पूरा गर्न सकिन, अध्यक्ष शाहीले भने त्यसको फलस्वरुप सम्झौता भईसके बमोजिमको रकम पाउन सकिएन, जम्मा गरिएका  खस सामाग्री अलपत्र अवस्थामा परे । 

गत चैत २५ गते खस संग्राहलयका लागि गाउँ वस्तीमा रहेका पुर्खाहरुको चिनो संकलन गर्ने गरी जिल्ला समन्वय समितिले कर्णाली खस विकास समितीसँग ८ लाख रुपैयामा संझौता गरेको थियो । कर्णाली खस विकास समितिका अध्यक्ष शाही खस संग्राहलयलाई पर्यटन आकर्षण केन्द्र बनाउनको लागि सर्वदलीय वैठकबाट ८ लाख रुपैयाँको खस सामाग्री खरिद गर्ने सहमति भएको बताउँछन  । सर्वदलीय वैठकको सहमति लत्याउदै व्यक्तिगत स्वार्थमा अल्झिएर रकम निकासा नगरी अलपत्र पार्ने काम गर्नु दुखद विषय हो, शाहीले भने । खरिद गरेको सामाग्री उनले आफ्नो घरमा थन्काएर राखेका छन् । 

१ सय ३६ वटा परम्परागत सामाग्री खरिद गर्ने भनिएकोमा ५५ वटा खरिद भएर सदरमुकाम खलंगा ल्याइसकिएको छ । दैलेख, कालिकोट, खलंगा र तिला गाउँपालिकावाट खस सामाग्री खरिद गरिएको थियो । सम्झौत ८ लाख रुपैयाँमा भएपनि पेस्की रकम १ लाख ५० हजार रुपैयाँ दिइएको थियो । पुरातत्व अनुदान कार्यक्रम अन्तरगतको सो रकम खस सामाग्री खरिद गरेर खस जातिको पहिचान जोगाउने अभियानमा लगाइएको थियो । अहिले ५२ हजार स्थानीयलाई खस सामाग्री खरिदको लागि पेस्की दिइसकेको छ । पेस्की रकमले नपुग्दा खल्तीको रुपैयाँ हालेको छु, उनले भने, स्थानीय विकास अधिकारी गम्भीर नदेखि पुरातत्व विभागमा उजुरी दिने तयारी गर्दैछु ।

सम्झौता बमोजिम खस सामाग्री खरिद गरेर ल्याउदा जिल्ला समन्वय समितिले वास्ता नगरेको उनले बताए । उनले भने, खस रोधीघर, खस स्तम्भ र खस सभ्यता संरक्षण गर्नको लागि सवै प्रकारका सामाग्री खरिद गरिएको थियो । अहिले दुई लाख ५६ हजार ९ सय रुपैयाँको सामाग्री आइसकेको छ । तर बीचमै समन्वय समितिले मनपरी रुपमा सम्झौता तोडेको आरोप उनको छ । मैले स्थानीय विकास अधिकारी ज्युको नजिक बसेर चित्त बुझाउन नसक्दा खरिद गरेर ल्याएको सामाग्री अलपत्र परेका हुन, उनले भने ।

स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले पञ्चकृति ल्याएर आउनु भनेका थिए, मैले सवै प्रक्रिया पुरयाएर ल्याइसके, उनले भने, एलडियो भागेर गइसकेकोले अलपत्र बनेका छन । मालामा दोलडी, ठिमुराको माला, जाले, प्राचिन पैसाको माला, बाला, चुरा, तामाको पैसा, कानमा लगाउने पिच्करी, स्थानीय उनको कम्मल, लिउ, फेरे लगायत परम्परागत रुपमा बनेका काठका पुल लगायतका वस्तु खरिद गरिएको थियो । 

जिल्ला समन्वय समितिले व्यक्तिको चित्त नबुझाउन सक्दा सामाग्री अलपत्र परेपनि क्रृण गरेर व्यक्तिगत रुपमा संग्राहलयको स्थापना गर्ने तयारी भइरहेको छ । मैले घुस दिन सकिन, त्यै भएर सामाग्री अलपत्र अवस्थामा परे । खस विकास समितिका अध्यक्ष विर वहादुर शाहीले २०६८ असोज १८ देखि खस भाषा र सभ्यता जोगाउने अभियानमा लागेका हुन ।

 

प्रकाशित: ८ श्रावण २०७४ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App