४ वैशाख २०८१ मंगलबार
राजनीति

खोटाङका वडा सदस्यको मृत्यु

खोटाङ – खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्माका वडा सदस्य सग्रीधन राईको मृत्यु भएको छ । उच्च ज्वरोले सताएपछि उपचारका लागि राजधानी काठ्माण्डौं पुर्‍याइएका वदा सदस्य राईको आइतबार बिहान निधन भएको हो ।

वडा सदस्य राई स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रकातर्फबाट दिप्रुङ गाउँपालिका–७ टेम्माको वडा सदस्यमा विजयी भएका थिए । ज्वरो आउने, छाती दुख्ने लगायतका समस्याले हप्ता दिनदेखि थलिएपछि धुलीखेल अस्पताल पुर्‍याइएका राईको उपचारकैक्रममा निधन भएको माओवादी केन्द्र खोटाङका कोषाध्यक्ष दिपक पाण्डेले बताए। 

शनिबार जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि ल्याइएका वडा सदस्य राईलाई रेफर गरिएपछि तत्कालै काठमाडौंतर्फ पठाइएको थियो । मृतक राई शान्ति माबि टेम्माका पुर्वप्रअ हुन् । ‘उहाँको स्वास्थ्यमा पहिल्यैदेखि सामान्य समस्या थियो,’ पाण्डेले भने, ‘हप्ता दिनदेखि अलि साह्रो च्यापेको थियो । उपचारमा लगिए पनि बचाउन सकिएन ।’ 

प्रकाशित: ८ श्रावण २०७४ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App