coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नागरिकको पोखरा र बुटबल संस्करण अारम्भ

पाेखरा पश्चिमेलीको शुभारम्भ कार्यक्रममा लेखनाथ पाेखरा महानगरका मेयर मानबहादुर जिसी (बायाँ) , नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवाली तथा प्रबन्ध निर्देशक विनाेदराज ज्ञवाली

पोखरा—नेपाल रिपब्लिक मिडियाले पश्चिमेली पोखरा र पश्चिमेली बुटबल संस्करणको शनिबार एकैसाथ शुभारम्भ गरेको छ। काठमाडौं, विराटनगर र नेपालगन्जबाट प्रकाशित हुँदै आएको नागरिक यो सँगै राष्ट्रकै सबैभन्दा ठूलो छापा सञ्जाल भएको राष्ट्रिय दैनिक बनेको छ।

पोखरामा आयोजित विशेष समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवाली र मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले संयुक्त रुपमा पश्चिमेली पोखरा र पश्चिमेली बुटवल संस्करणको शुभारम्भ गरे।

‘पोखरासँगै अझ नजिकिन आएका छौं यहाँहरुको सद्भावले हामीलाई सेवामुखी बनाउने छ’, उनले भनिन्। पाँच ठाउँबाट प्रकाशनसँगै नागरिक र रिपब्लिका राष्ट्रकै ठूलो सञ्जाल भएको राष्ट्रिय पत्रिका भएको उनको भनाई थियो।

समारोहलाई संम्वोधन गर्दै महानगरका मेयर जिसीले नेपाललाई चिनाउन पोखराको भूमिका रहे जस्तै नागरिक पत्रिकाले यसमा थप भूमिका निर्वाह गर्ने बताए। उनले पोखरा क्षेत्रबाट नागरिक पश्चीमेली प्रकाशनले सूचनाको राष्ट्रिय नेटवर्कमा जोडिन पुगेको अनुभूति भएको बताए।

‘पश्चिमेली पोखरा साँच्चिकै पत्रकारिता बनोस् यसले नागरिकले नदेखेका र भोगेका कुराहरु उठान गर्न सकोस्’, उनले भने, ‘गुणस्तरीय बन्दै महानगरभित्रका राम्रा नराम्रा कामहरुप्रति खबरदारी गर्न सकोस्।’

नेपाल रिपब्लिक मिडियाकी निर्देशक सम्वृद्धि ज्ञवालीले पाँच ठाउँबाट एकै साथ प्रकाशन हुने मिडियाका प्रकाशने गाउँ गाउँका जनताका समस्यालाइ राष्ट्रिय रूपमा उजागर गर्न सफल हुने विश्वास व्यक्त गरिन्। जनस्तरका आवाजलाई राष्ट्रिय स्तरमा पुर्याउन नेपाल रिपब्लिक मिडिया सँधै प्रयासरत रहेको उनको भनाई थियो। ‘पोखरासँगै अझ नजिकिन आएका छौं यहाँहरुको सद्भावले हामीलाई सेवामुखी बनाउने छ’, उनले भनिन्। 

पाँच ठाउँबाट प्रकाशनसँगै नागरिक र रिपब्लिका राष्ट्रकै ठूलो सञ्जाल भएको राष्ट्रिय पत्रिका भएको उनको भनाई थियो। उनका अनुसार नागरिकले पोखरा र बुटवलबाट छुट्टाछुट्टै स्थानीय संस्करण प्रकाशन गर्नेछ। ती दुवै संस्करण ४ पृष्ठका हुनेछन्। यी संस्करण आइतबारदेखि दुवै सहरमा राष्ट्रिय संस्करणसँगै बजारमा आउने छन्। 

कम्पनीका कर्पोरेट सल्लाहकार सोहन श्रेष्ठले पुरानै ढर्रबाट पत्रकारिता चल्दै आएकोमा रिपब्लिक मिडियाले नयाँ आयाम ल्याउन यो कदम चालेको बताए। सिंहदरवारका आवाज गाउँमा भन्दा पनि गाउँको आवाज सिंहदरवारलाई सुन्न बाध्यता बनाउन यो पहल सार्थक हुने उनको विश्वास थियो।

वि.सं. २०६३ मा स्थापना भएको नेपाल रिपब्लिक मिडियाले नागरिक र रिपब्लिका (अंग्रेजी) दैनिक, शुक्रबार साप्ताहिक, परिवार मासिक, नागरिकन्युज डट कम, माइरिपब्लिका डट कम तथा रेडियो नागरिक सञ्चालन गर्छ ।

कार्यक्रममा कम्पनीका निर्देशक शोभा ज्ञवाली, नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेल, रिपब्लिकका सम्पादक सुवास घिमिरे, परिवार र शुक्रबारका सम्पादक विश्वमणि पोखरेलसहित पोखराका प्रबुद्ध व्यवसायी, सामाजिक राजनीतिक व्यक्तित्वको बाक्लो उपस्थिति थियो।

 

प्रकाशित: ७ श्रावण २०७४ १४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App