बौद्धिक सम्पत्तिको चोरी नियन्त्रण गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

शनिबार, ०७ साउन २०७४, १८ : ५९ नागरिक

काठमाडौँ –  गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले शनिबार आयोजना गरेको ‘पृथ्वी पाँचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड’ को शुभारम्भ गर्दै मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पुर्‍याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। 

लोकदोहोरी देशको मौलिक संस्कृति भएको बताउँदै उनले मुलुकमा आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता अभिवृद्धि हुनेमा जोड दिए । उनले भने, “मौलिक संस्कृतिको संरक्षणमा राज्यको ध्यान पुगेको छैन, कला तथा संस्कृतिको विशेषताका आधारमा क्षेत्र निर्धारण गरी तीनको समुचित विकास गर्नुपर्छ।” 

संस्कृतिले जनतालाई समाजको सेवामा लाग्न अभिप्रेरित गरी कर्तव्यनिष्ठ बनाउने बताउँदै उनले सांस्कृतिक एकताले नागरिकलाई सचेत बनाउने र जनताका अधिकार स्थापित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे। 

‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन’ भन्ने मूल नारासहित सुरु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पूर्वअध्यक्ष तथा गायक प्रजापति पराजुली, प्राज्ञ दुर्गा रायमाझी, गायिका गीता दाहाललगायतले गीत संगीतका क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई निराकरण गर्नुपर्नेमा जोड दिए। 

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले उक्त कार्यक्रमको सफलताको कामना गर्दै मुलुकमा भएका विभिन्न विकृतिमा व्यङ्ग्य गरेका थिए। 

उक्त कार्यक्रममा लोकदोहोरीको विकासमा योगदान गरेका विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गरिनेछ । रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...