coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अध्यक्ष ओली तिब्बत प्रस्थान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बततर्फ प्रस्थान गरेका छन्।

अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ गएका हुन् । उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्ने केन्द्रीय सदस्य हिक्मत कार्कीले जनाए।

यसैबीच अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । रासस

प्रकाशित: ७ श्रावण २०७४ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App