coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवक पक्राउ

महोत्तरी – प्रहरीले बलबा गाउँपालिका ६ बाट पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवकलाई पक्राउ गरेको छ । 

धनुषाबाट महोत्तरीको लोहारपटी ईटहर्वाकटी हुँदै भारत तर्फ अवैध निकासी गर्न लागेको चार लाख ६२ हजार ९ सय ६२ रुपैंया मूल्य बराबरको सुनको २ थान बालासहित सर्लाही हरिपुर्वा वडा नं. ५ बस्ने २० वर्षीय कुमार साह र २३ वर्षीय ईन्द्रजित यादवलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो । 

स६प ४२६ नम्बरको मोटरसाइकल चढी जाँदै गरेको युवकद्वयलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलिले शंका लागि चेक जाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाई राखेको उक्त शंकास्पद सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिपक पोखरेलले बताएको छ । 

बरामद भएको सुन र पक्राउ परेका युवकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान मध्ये क्षेत्रीय कार्यालय पथलैया पठाइएको डिएसपी पोखरेलले बताएको छ । 

यसैबीच महोत्तरी प्रहरीले तिन महिनाको अवधिमा भन्सार छलि चोरी तस्करी गरि नेपाल भित्र्याउन खोजेको २७ लाख २३ हजार एक सय ५८ रुपैंया मूल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताएको छ । 

जिल्लाको विभिन्न ठाउँबाट किराना सामान , लताकपडा , सुन चाँदी , कष्टमेटिक आईटम लगायतका सामानहरु बरामद गरी कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको एसपी लम्सालले बताएका छन् । 
बैशाख ,जेष्ठ र असार महिनामा सिमावर्ती क्षेत्रबाट हुने तस्करीलाई नियन्त्रण गर्न विशेष गस्ती टोली
परिचालन गरिएपछि उक्त परिमाणमा तस्करीका सामान बरामद गर्न महोत्तरी प्रहरी सफल भएको एसपी लम्सालले बताए ।

साथै तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले तस्करी नियन्त्रण अभियानलाई नियमितरुपमै जारी राख्ने उनले बताए । 

महोत्तरीमा खुल्ला सिमानाकाको फाइदा उठाउँदै धेरै पहिल्यैदेखि तस्करहरुले आफनो तस्करी कार्यलाई निरन्तरता दिदैं आएका थिए । 
महोत्तरीको मटिहानी , भिठामोड , चक्नी , नैन्ही , इटर्हावाकटी , रघुनाथपुर , सम्सी , लगायतका नाका तस्करीको लागि नामुद नाकाको रुपमा रहँदै आएको छ । 
    

प्रकाशित: ७ श्रावण २०७४ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App