coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा

वासिङ्टन –  अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि उनले राजीनामा दिएको सञ्चार माध्यमले जनाएका छन् । 

सञ्चार निर्देशक नियुक्त गर्ने विषयमा इस्पिसरले असहमति जनाउदा जनाउँदै पनि राष्ट्रपति ट्रम्पले एन्थोनीलाई सञ्चार निर्देशकका रुपमा नियुक्त गरेको सञ्चार माध्यमले उल्लेख गरेका छन्। इस्पिसरले एन्थोनीको मातहतमा रहेर काम गर्नुपर्ने व्यवस्था भएको थियो। 

ट्रम्पको कार्यकाल सुरु भएदेखि प्रेस सचिव रहेका बेला उनी धेरै विवादमा परेका थिए । कतिपय पत्रकार सम्मेलन अशिष्ट, अभद्र र अव्यवस्थितसमेत भएका थिए। 

प्रकाशित: ७ श्रावण २०७४ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App