coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

मासाच्युट- भेनेन्जुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। जिलेटी रंगशालामा आइतबार बिहान सम्पन्न खेलको ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएक थिए।

खेलको ४३औं भेनेन्जुएलाका सिजासले पेनाल्टीमा गोल गर्न चुक्दा उसले अग्रता कम गर्ने मौका खेर फालेको थियो।

खेलको ६०औं मिनेटमा गोल गर्दै लियोनेल मेस्सीले टोलीको अग्रता ३-० मा पुर्‍याएका थिए। खेलको ७०औं मिनेटमा गोल गर्दै भेनेजुएलाका रोन्डनले खेल ३-१ को अवस्थामा पुर्‍याएका थिए।

त्यसको एक मिनेटपछि नै लमेलाले गोल गदै अर्जेन्टिनाको अग्रता ४-१ पुर्‍याए। त्यसपछि खेलमा कुनै गोल भएन र अर्जेन्टिना ४–१ गोल अन्तरले विजयी भयो।

प्रकाशित: ५ असार २०७३ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App