coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकै परिवारका चार मृत फेला

बनेपा- बनेपा बसपार्कस्थित गौतम भोजनालय सञ्चालक परिवारका चार सदस्य शुक्रबार राति मृत अवस्थामा भोजनालयभित्रै भेटिएका छन्। इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरीनिरीक्षक अनिल घिमिरेका अनुसार होटेल सञ्चालक बनेपा–२ (साबिक टुकुचा नाला गाविस–९) का ३३ वर्षका राजाराम दाहाल, उनका पिता ७० वर्षका हरिभक्त, आमा ६१ वर्षकी  हरिमाया र बहिनी २६ वर्षकी रन्जना मृत अवस्थामा भेटिएका हुन्।

भोजनालयअगाडि पेटीमा सिसाका टुक्रा देखेर प्रहरीको मोबाइल टोलीलाई स्थानीयले खबर गरेलगत्तै बनेपा प्रहरी घटनास्थल पुगेको निरीक्षक घिमिरेले जानकारी दिए। ‘स्थानीयको मद्दतले हामीले भोजनालयको सटर फुटाएर हेर्दा चारैजनाको मृत्यु भइसकेको थियो। शव नजिकै विषादीको भाँडो फेला परेको छ। घटनाबारे थप अनुसन्धान गर्दैछौं,’ घिमिरेले थपे।

प्रकाशित: ७ श्रावण २०७४ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App