coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युवतीलाई कुटपिट गर्नेविरद्ध मुद्दा दायर

बुटवल—रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी प्रमुख प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही थालिएको छ।

युवतीका बाबु इन्नर यादवसहित पाँच जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए।

तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेको भिडियो र प्रेम गर्ने (पीडित) युवकसँग उल्टै रु एक लाख जरिवाना लिएको खबर बाहिरिएपछि रुपन्देही प्रहरीले घटनाको छानविन गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो।

युवतीका बाबु इन्नर यादवसहित पाँच जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए।

सम्मरीमाई गाउँपालिका–६ का ४६ वर्षीय युवतीका बाबु इन्नर यादव, १८ वर्षीय युवतीको दाजु दिनेश यादव, ५५ वर्षीय युवतीको माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ।

प्रमुख धानुकाका अनुसार युवतीका बाबु यादवलाई प्रहरीले पक्राउ गरिसकेको र कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ। उनले घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संग्लन अन्य व्यक्तिहरुको खोजी भइरहेको र दोषीलाई कारबाही हुने बताए। रासस

प्रकाशित: ६ श्रावण २०७४ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App