७ वैशाख २०८१ शुक्रबार
खेल

ओलम्पिक खेलका ४५ खेलाडी डोपिङमा असफल

लन्डन- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले शुक्रबार २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिकमा सहभागी ४५ खेलाडी ‘डोपिङ’ परीक्षणमा असफ भएको जनाएको छ।

आइसिसीद्वारा जारी विज्ञप्तिमा यी खेलाडीहरूको दोस्रोपटक पुनः परीक्षण गर्दा प्रतिबन्धित पदार्थ भेटिएको बताएको छ।

परीक्षणमा असफल भएका ४५ मध्ये ३० खेलाडी बेइजिङ ओलम्पिकका छन्। त्यसमध्ये २३ खेलाडीले पदक जितेका छन्। लन्डन ओलम्पिकका १५ सामेल छन्। आइओसीले लन्डन ओलम्पिकमा पर्नेहरू पदक जितेको वा नजितेको केही खुलाएको छैन।

‘डोपिङविरुद्धको लडाइँबारे आइओसीले पुनः एकपटक गम्भीर विश्लेषण गर्नुपर्ने देखाएको छ,’ आइओसीका अध्यक्ष थोमस वाचले भने। आइओसीले पुनः परीक्षण र नयाँ पद्धतिबाट परीक्षण गर्नका लागि खेलाडीको नमुना दशकौंसम्म सुरक्षित राखेको हुन्छ।

आइओसीले रियो ओलम्पिकमा छल्न नसकोस भनेर अघिल्लो खेलको नमुना पुनः परीक्षण गर्दा यस्तो नतिजा आएको हो।

आइओसीले सबै खेलाडीलाई जनाकारी गराइसकेको छ। एन्टी डोपिङ कानुन उल्लंघन गरेको पाइएका सबै खेलाडी रियो ओलम्पिकमा प्रतिबन्धित हुन सक्छन्।

यस घटनाले अर्को महिना सुरु हुन लागेको रियो ओलम्पिकका लागि झन शंका पैदा गरेको छ। म्याकलरेनद्वारा सोमबार सार्वजनिक प्रतिवेदनअनुसार रुस डोपिङ काण्डकै कारण सबै खेलमा प्रतिबन्धित हुने सम्भावना रहेको छ।

प्रकाशित: ९ श्रावण २०७३ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App