coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कुवेतबाट फर्केकी चेलीको परिवारलाई सहयोग

काठमडौं- कुबेतबाट फर्केपछि मृत्यु भएकी महिला अनिषा बिकको परिवारलाई दलित एकता संजालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बिहिवार दलित एकता संजाल नेपालले कुवेतबाट प्राप्त सो रकम हस्तान्तरण गरेको हो।

अन्तराष्ट्रि दलित एकता संजाल नेपालका अध्यक्ष बिष्णु सागर धमला बिकेले २६ हजार ८ सय ६२ रुपैंया हस्तान्तरण गरेका हुन्। आठ बर्ष अघि सिन्धुपाल्चोकी १६ बर्षीय अनिषा बिक भारतीय बाटो हुँदै कुवेत पुगेकी अनिषालाई घर मालिकले दिएको यातनाको कारण मानसिक तथा शारिरीक स्थिति बिग्रेको थियो। गत वैसाखमा दलित एकता संजाल कुवेतले उद्दार गरी उनलाई नेपाल फिर्ता पठाएको थियो।

नेपालमा उनको उपचारकै क्रममा गत जेठमा मृत्यु भएको थियो। उनी जीवित हुँदै उपचारका लागि संकलन भएको रकम संजालले उनको परिवारलाई हस्तान्तरण गरेको हो। उपचारको लागि कुवेत स्थित परोपकारी संस्थाले २५ हजार र १ हजार ८ सय ६२ रुपैंया सहयोग स्वरुप संजाललाई बुझाएका थिए।

प्रकाशित: ६ श्रावण २०७४ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App