रसुवा – गएरातिको वर्षाका कारण पहिरो जाँदा पासाङ ल्हामु राजमार्गको राम्चे खण्डमा सवारीसाधन रोकिएको छ ।
राम्चेका समाजसेवी चामसिंह तामाङका अनुसार कालिका गाउँपालिका–१ पुरानो सेनापोस्टदेखि तेम्राङ खोलासम्म करिब ७०० मिटर सडक ठाउँठाउँमा पहिरोले क्षति पु¥याउँदा यात्रुवाहक बस र नेपाल–चीनको व्यापारिक सामान ढुवानी गर्ने दर्जनौँ ट्रक तथा कन्टेनर बीचबाटोमा नै रोकिएका छन् ।
सदरमुकाम धुन्चेबाट १६ किमी दक्षिणमा पर्ने उक्त पहिरो पन्छाई सवारी आवागमन सञ्चालन गर्न प्रयास शुरु भइरहेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ ।
त्यस्तै, उत्तरी रसुवाको टिमुरे र घट्टेखोलाबीच पहिरो जाँदा सो स्थानमा समेत सडक अवरुद्ध भएको छ । पहिरो खुलाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र रसुवागढी हाइड्रोपावरको डोजर परिचालन भइरहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिए। रासस
प्रकाशित: ६ श्रावण २०७४ ०५:५६ शुक्रबार