coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

जनता जागेका बेला

सिरहाको गोलबजार नगरपालिकामा सडक निर्माण गुणस्तरहीन भएको थाहा पाएपछि स्थानीय बासिन्दाले खबरदारीस्वरूप जे जसरी निर्माण कार्य रोकेर पुनः कालोपत्र गर्न बाध्य बनाए, त्यो सराहनीय छ। जिल्ला समन्वय समिति, सिरहाले गोलबजारको गोलपार्कदेखि दक्षिण २ सय ५४ मिटर सडक कालोपत्रे गर्न ४२ लाख रुपैयाँमा सञ्जीव निर्माण सेवालाई ठेक्का दिएको थियो। तर, 'असारे विकास' का नाममा ठेकेदारले 'स्टिमेट' विपरीत कालोपत्रे ओछ्याउन थालेपछि स्थानीयले आक्रोशित भएर निर्माण कार्य रोकिदिए। सम्झौतामा १२ मिटर चौडाइको सडकमा २० मिलिमिटर (एमएम) कालोपत्रे गर्ने उल्लेख भए पनि ठेकेदार कम्पनीले यसलाई बेवास्ता गर्दै आफूखुसी गरेपछि स्थानीय बासिन्दा निर्माण कार्य रोक्न बाध्य भएका हुन्। कालोपत्रे गर्नुअघि जमिन पानीले भिजाएर रोलर मेसिनले पेल्नुपर्ने भए पनि त्यत्तिकै कालोपत्रे गर्ने काम भएको थियो। एक हिसाबले भन्ने हो भने कमिसनको चक्करमा ठेकेदार कम्पनीले कालोपत्रे गर्दा हदैसम्म लापरबाही भएको देखिन्छ।

कमसल काम नगर्न जनताले जुन खबरदारी गरेका छन्, त्यो नागरिक सचेतनाको एउटा उदाहरण हो। गोलबजारका बासिन्दाझंै अन्यत्रका जनतासमेत यसरी नै जागरूक भए विकास निर्माणका काममा भ्रष्टाचार हुन पाउने थिएन। साथै विकास निर्माणका संरचना टिकाउसमेत हुने थियो। त्यसैले पनि स्थानीय स्तरबाट यस किसिमको खबरदारी निरन्तर रूपमा गर्न आवश्यक छ।

सडक निर्माणका क्रममा एकपछि अर्को अनियमितता हुन थालेपछि जनता विरोधमा उत्रिएका हुन्। जनताको व्यापक विरोधपछि जिल्ला समन्वय समिति सिरहाका प्राविधिकले कालोपत्रे उप्काएर पुनः काम गर्न निर्देशन दिएका छन्। र, तिनै प्राविधिकको निर्देशनअनुरूप गुणस्तरहीन काम भएको स्थानमा फेरि काम सुरु गरिएको छ। यसरी सार्वजनिक निर्माणप्रति स्थानीयको चासो र निगरानीकै कारण ठेकेदार कम्पनी पुनः काम गर्न बाध्य भएको छ। कमसल काम नगर्न जनताले जुन खबरदारी गरेका छन्, त्यो नागरिक सचेतनाको एउटा उदाहरण हो। गोलबजारका बासिन्दाझंै अन्यत्रका जनतासमेत यसरी नै जागरूक भएमा विकास निर्माणको काममा भ्रष्टाचार हुन पाउने थिएन। साथै विकास निर्माणका संरचना टिकाउसमेत हुने थियो। त्यसैले पनि स्थानीय स्तरबाट यस किसिमको खबरदारी निरन्तर रूपमा गर्न आवश्यक छ। यो घटनाले विकास निर्माणका परियोजनाहरू कम बजेट भएको कारण नभई कमिसनका कारण कमसल हुने गरेको पनि देखाएको छ। जस्तो कि गोलबजारकै ढल व्यवस्थापनका लागि ५० लाख रुपैयाँ लागतमा २ सय ९४ मिटर नाला निर्माण गर्न उपभोक्ता समितिलाई जिम्मा दिइएको थियो। तर, त्यो रकमबाट गुणस्तरमा कुनै सम्झौता नगरी ३ सय ५० मिटर नाला बनाउन सम्भव भयो। यसले पनि आयोजनाहरूका लागि छुट्याइएको बजेट विकासका संरचना निर्माणका लागि अपुग नहुने पुष्टि हुन्छ।

गोलबजारको सडकझैँ देशैभरिका विकास निर्माणका काम कम गुणस्तरको बनाउने प्रवृत्ति देखिएको छ, जसले गर्दा बनाएको केही समयमै काम नलाग्ने अवस्थामा पुग्ने गरेको छ। उदाहरणका लागि कीर्तिपुर गेट सडकखण्ड ठेकेदार कम्पनीको लापरबाहीले कालोपत्रे गरेको महिना दिन नबित्दै उप्किएर खाल्डाखुल्डीमा परिणत भएको छ। यो खण्डमा सडक कालोपत्रे र चौडा गर्ने भनी पविन्द्र निर्माण कम्पनीलाई ८ करोडमा ठेक्का दिइएको थियो। ग्राभेलबिना र पानी परेको बेला अत्यन्तै कमसल ढंगले कालोपत्रे गरिएकै कारण महिना दिन नपुग्दै अहिले यो अवस्था देखिएको हो। त्यसो त यहाँ पनि स्थानीय बासिन्दाको दबाबकै कारण ठेकेदार कम्पनी बिग्रिएको स्थानमा फेरि मर्मत गर्न सहमत भएको छ। स्थानीय बासिन्दाले जति दबाब दिन सके, त्यति नै विकास निर्माणका काम गुणस्तरीय हुने विश्वास गर्न सकिन्छ। त्यसैले पनि विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन उपभोक्ता नै जाग्नुपर्ने बेला आएको छ। स्थानीय बासिन्दाले आआफ्ना वरिपरि भएका विकास निर्माणका काममा निगरानी र खबरदारी गर्न आवश्यक छ। विकास निर्माणका काममा जनता जाग्ने बेला आइसकेको छ।   

प्रकाशित: ६ श्रावण २०७४ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App