१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बम समातेर फ्याँक्ने हवल्दार राना सहायक निरीक्षकमा बढुवा

प्रहरी सहायक निरीक्षकमा बढुवा भएका दुर्गाबहादुर राना

काठमाडौं—दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन्।

उत्कृष्ट कार्य गरेबापत रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए। उनले भने, 'रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दज्र्यानी चिह्न प्रदान गरिनेछ।'

उत्कृष्ट कार्य गरेबापत रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए। उनले भने, 'रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दज्र्यानी चिह्न प्रदान गरिनेछ।'

गत असार १४ गते भएको मतदानका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेका थिए। बम फालेलगत्तै हवल्दार रानाले त्यसलाई तत्काल हातले समातेर सुरक्षित स्थानमा फाली जनधनको क्षति हुनबाट जोगाएका थिए।

त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानालाई फोन गरेर उनको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए।

सल्यान शारदा नगरपालिका १ छापडाँडाका प्रहरी हवल्दार राना हाल नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँमा कार्यरत छन्। उनी २०५८ सालमा नेपाल प्रहरीमा जवान पदमा भर्ना भएका थिए। प्रहरी प्रधान कार्यालयबाट उनी निर्वाचन सुरक्षाका लागि सुरुमा रौतहटमा खटिएका थिए। तर त्यहाँ निर्वाचन स्थगित भएपछि उनलाई रौतहबाटै दाङ पठाइएको थियो।

प्रकाशित: ५ श्रावण २०७४ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App