coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौंको सडक : खनी रहने, पुरी रहने

संसदीय समितिका सहभागी सांसद तथा सराेकार वाला अधिकारी।

काठमाडौं— राजधानी काठमाडौंका सडकको दुराअवस्था बढ्दै गएको भन्दै सांसद्हरुले चिन्ता व्यक्त गरेका छन्। बिहिबार भएको व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठाकमा सडकको कारणले सर्वसाधरणले ज्यानै गुमाउनुपर्ने अवस्था आएको भन्दै सरोकार निकायको आलोचना गरे।

मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव लगायत सरोकारवाला निकायका अधिकारीहरुसहित समितिले बैठक बोलाएको थियो। बैठाकमा उपस्थित अधिकांश सांसद्हरुले राजधानीका सडक दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका थिए।

‘घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुन्छन् राजधानीका सडक,’ सांसद् रामहरि खतिवडाले भने, ‘यति मात्र होइन् विद्यालयबाट फर्किएका बालिका ढलमै बग्नुपर्छ। बगेर मर्नपर्छ। यस्तो अवस्थासम्म पनि हामी किन प्रधानमन्त्रीकै निर्देशन पर्खिन्छौं?’ हिजोआज सडककै दुर्वस्थाका समाचारहरु पत्रिकाको पहिलो पृष्ठमा प्रमुख समाचार बनिरहेको बताउँदै उनले ती पत्रिका हेरेरै पनि काम गर्न सकिने उल्लेख गरे।

‘घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुन्छन् राजधानीका सडक,’ सांसद् रामहरि खतिवडाले भने, ‘यति मात्र होइन् विद्यालयबाट फर्किएका बालिका ढलमै बग्नुपर्छ। बगेर मर्नपर्छ। यस्तो अवस्थासम्म पनि हामी किन प्रधानमन्त्रीकै निर्देशन पर्खिन्छौं?’ हिजोआज सडककै दुर्वस्थाका समाचारहरु पत्रिकाको पहिलो पृष्ठमा प्रमुख समाचार बनिरहेको बताउँदै उनले ती पत्रिका हेरेरै पनि काम गर्न सकिने उल्लेख गरे।

‘राजधानी कान्तिपुर नभएर ल–खन–पुर (लु खन्, लु पुर) जस्तो भएको छ,’ उनले भने, ‘खन्ने—पुर्ने, पुर्ने—खन्ने भइरहका छन् राजधानीका सडक। यस्तो अवस्था कहिलेसम्म चलाउने?’ खतिवडाले ठेकेदारले गुणस्तरीय सडक नबनाउने र कर्मचारीले अनुगमन नगर्ने प्रवृतिले पनि राजधानीको दुर्वस्था भएको दाबी गरे।

सांसद् विकास लम्सालले राजधानीको अवस्था भन्दा सामान्य जस्तो भएपनि असामान्य भइसकेको बताए। ‘दीर्घकालीन, अल्पकालीन योजनाबिनै काम गरिरहेको छौं हामी,’ उनले भने, ‘खाल्डा पुर्न समेत प्रधानमन्त्रीको निर्देशन पर्खिनुपर्छ।’ उनले घर भत्काएर समेत सडक विस्तार भएको दृष्टान्त दिँदै आँट्यो भने काम गर्न सकिने बताए।

सांसद् उषा गुरुङले भने महिनाको एक दिन सर्वाजनिक यातायात तथा पैदल यात्रा गरेर जन्ताको दुःख बुझ्न अनुरोध गरिन्। ‘जनता अहिले भेडाबाख्रा जस्ता बन्न बाध्य छन्,’ उनले भनिन्, ‘तपाइँहरु एक दिन सर्वाजनिक यातायात तथा पैदल हिँडेर यात्रा गरिदिनुस् जसबाट जनताका दुःख थाहा हुन्छ।।’

सांसद् तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सडकको गुणस्तर कायम गर्नपर्ने बताए  ‘कानुन आवश्यक भए कानुन बनाउन तयार छौं,’ उनले भने, ‘ठेकेदारलाई जिम्मेवार बनाएर सडकको गुणस्तर कायम गरौं।’ उनले ठेकेदारलाई जिम्मेवार बनाउन नसक्ने हो भने समाचार आइरहने, दुघर्टना भइरहने, प्रधानमन्त्रीले निर्देशन दिइरहनपर्ने हुने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डा पुर्न निर्देशन दिएपछि सडक सरोकार निकायको समन्वय गरेर काम गराइरहेका प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले बताए। ‘उपत्यकाको सडकको दुरावस्थाका कारण सर्वसाधरणले सास्तीसँगै नजानिदो ढंगले नेपालको अर्थतन्त्रमै असर परिरहेको छ,’ उनले भने, ‘अबको दिनमा भने हामी समस्या भयो भन्दैमा थन्किएर बस्नु भएन। जसरी हुन्छ काम गर्नपर्यो।’

सरोकारवाला निकायका प्रमुखलाई त्यसको लागि जस्तो सहयोग गर्नपनि आफु तयार रहेको घिमिरेले प्रतिवद्धता दिए।

भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने प्रधानमन्त्री कायाृलयले नेतृत्व लिएर काम गरेको खण्डमा भने तोकिएकै समयमा काम गर्न सकिने बताए।

मुख्य सचिव राजेन्द्र किशोर क्षत्रीले व्यवस्थापन अव्यवस्थित भएकाले उपत्यकाका सडक बिग्रिएको उल्लेख गरे।

व्यवस्थापकीय तथा गुणस्तरीय कमजोरी भएको स्वीकार्दै सांसद्हरुको अभिव्यक्ति यर्थाथपरक रहेको हुँदा सरकारको ध्यान आकर्षित भएको बताए। कतिपय अवस्थामा भने कानुन नै बाधक बन्ने गरेकाले विकास अनुसारको कानुन बनाउनुपर्ने जनाए।
 

प्रकाशित: ५ श्रावण २०७४ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App