coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपा पनि अविश्वासको पक्षमा

काठमाडौं- सत्ता गठबन्धनको एक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ।

अविश्वास प्रस्तावमा मतदानको एक दिनअघि वरिष्ठ नेता पशुपतिशमशेर राणाको नेतृत्व रहेको संसदीय समितिले मन्त्री फिर्ता बोलाउने र अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै राप्रपामा विवाद देखिएको थियो। विवादपछि नेता लोकेन्द्रबहादुर चन्दको निवासमा केही नेताको बैठक बसेका थियो। बैठकले विवाद बढ्दै जाँदा त्यसले पार्टी एकतामा समस्या आउने भन्दै आइतबार सरकारमा रहेका दुवै मन्त्रीलाई राजीनामा गराउने सहमति गरेको छ। यसअघि नौ सदस्यीय समितिको बैठकमा लोकेन्द्रबहादुर चन्द, संसदीय दलका नेता तथा मन्त्री दीपक बोहोरा र रोशन कार्की अनुपस्थित थिए।

बैठकअघि शनिबार बिहान पार्टीका वरिष्ठ नेता राणाले चन्दनिवास लोकन्थली पुगेर पार्टीको बैठक बोलाउन आग्रह गरेका थिए। तर, चन्दले साउन ११ का लागि केन्द्रीय कमिटी बैठक बोलाएको भने जवाफ दिएका थिए। त्यसपछि राणाले आफ्नो नेतृत्वमा संसदीय समितिको बैठक राखेर सरकारबाट फिर्ता हुने निर्णय गरेका थिए। राप्रपाको संसद्मा १२ स्थान छ।

राणालाई डा. प्रकाशचन्द्र लोहनी र सुनिल थापाले साथ दिँदै आएका छन्।

समितिको बैठकले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ। समितिको निर्णयप्रति असन्तुष्ट पक्षले संसदीय समितिलाई सरकारमा सहभागिता वा फिर्ता हुने विषयमा निर्णय गर्ने अधिकार नभएको बताएका छन्।

प्रकाशित: ९ श्रावण २०७३ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App