coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको निर्णयले सिरियाली राष्ट्रपतिलाई फाइदा

एजेन्सी – अमेरिकाले सिरियाका राष्ट्रपति बशर अल अशद्को शासनको विरूद्धमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई सहयोग नगर्ने घोषणा गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली विपक्षी समूहलाई अमेरिकाले गर्दैे आएको सहयोग रोक्नका लागि निर्देशन दिएका हुन् । 

यसअघि अमेरिकी जासुसी संस्थाले सिरियाली विपक्षी समूहलाई सहयोग गर्दै आइरहेको थियो । संस्थाले उनीहरूलाई सैन्य सामाग्री तथा उपकरण दिने गरेको थियो । उसले लडाकुहरूलाई सैन्य तालिम समेत दिने गरेको थियो । 

आगामी दिनहरूमा उक्त सहयोग कटौती गर्ने घोषणा राष्ट्रपति ट्रम्पको निर्देशनमा अमेरिकी विदेश मन्त्रालयले गरेको छ । 

यसको प्रत्यक्ष फाइदा सिरियाली राष्ट्रपति अशद्लाई पुग्ने देखिएको छ । अमेरिकाले सिरियाली सरकारको शासन व्यवस्था माथि संघर्ष गरिरहेकाहरू प्रति सहयोग गरेकोमा रूसले आपती जनाउँदै आएको थियो । 

अमेरिकाले रूस सरकारलाई खुसी पार्नका लागि गरि आएको सहयोगमा कटौती गरेको हुन सक्ने आकंलन जानकारहरूको छ । अमेरिकाले निरन्तर रूपमा सन् २०१३ देखि नै सिरियाली सरकार विरोधी संगठनलाई सहयोग गर्दै आएको थियो । 

अमेरिकी पूर्व राष्ट्रपति बाराको ओबामा प्रशासनले गरेको यस निर्णयलाई ट्रम्प प्रशासनले समेत स्वीकार गर्दे आएको थियो । 

अमेरिका लगायत अन्य पश्चिममा मुलुकहरूले सिरियाली विद्रोही समूहलाई सहयोग गर्दे आइरहेका छन् । सिरिया सरकारलाई भने इरान, रूस लगायतले सहयोग गर्दै आइरहेका छन् । 

प्रकाशित: ५ श्रावण २०७४ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App